पोखराको मत गणनामा विवाद, एमाले नेताद्वारा पत्रकारमाथि दुव्र्यवहार – Sarangi News

पोखरा- पोखरा महानगरपालिकाको मत गणनास्थलमा रिपोर्टिङमा गएका पत्रकारमाथि नेकपा एमालेका नेताले दुव्र्यवहार गरेका छन् । मत गणनामा विवादमा भएपछि नाराबाजी गर्दै गरेका नेतासँग प्रतिक्रिया लिने क्रममा नेता दामोदर बैरागी अपशब्द प्रयोग गर्दै धम्की दिएका हुन् ।
नेता बैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख सागरराज तिमिल्सिनामाथि धम्कीपूर्ण भाषा प्रयो गरेका हुन् । ‘विवाद भएर नाराबाजी भइरहेको ठाउँमा हामी पुगेका थियौं । त्यतिबेला नेकपा एमालेले मतगणना रोक्न नाराबाजी गरिरहेको थियो,’ एपीवान टिभीका तिमिल्सिनाले भने, ‘त्यहीबेला कुटपिट गर्न उनले कार्यकर्तालाई आदेश दिएका हुन् ।’ अनलाइनखबरकर्मी अमृत सुवेदीले पनि आफूलाई मतगणना स्थलबाट बाहिर निकालिदिने धम्की दिएको बताए ।
रिपोर्टिङमा रहेका पत्रकारमाथि गरिएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले खेद प्रकट गरेको छ । महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कुनै पनि बहानामा पत्रकारमाथि दुव्र्यवहार सह्य नहुने बताइन् ।
‘यो वा त्यो बहानामा पत्रकारमाथि दुव्र्यवहार गर्न पाइँदैन । अझ त्यसमाथि रिपोर्टिङमा खटिएको पत्रकारमाथि दुव्र्यवहार भएको छ,’ अध्यक्ष भण्डारीले भनिन्, ‘लोकतन्त्रमा पनि प्रेसमाथिको यो प्रहार सह्य हुँदैन । यो प्रवृत्तिको हामी खेद प्रकट गर्दछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 200 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 81 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 196 Views

कास्की आइडलमा टपटेन छनोट

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP