अन्नपूर्णकाे अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन विजयी – Sarangi News

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विहिवार विहान सम्पन्न मतगणना अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत पुनले चार हजार ५८ र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बलबहादुर तिलिजाले ३३ सय १६ र उपाध्यक्षका उम्मेदवार ललिता तिलिजाले ३३ सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो ।
८वटा वडा रहेको अन्नपूर्णको १,२,३,७ र ८ नम्बर वडामा नेकपा एमालेका क्रमशः दिलिपकुमार गर्बुजा,ओमप्रकाश फगामी,रमेश पुर्जा,मइलन पुन र खमबहादुर गर्बुजा विजयी हुनुभएको छ ।

यसैगरी नेपाली काँग्रेसले वडा नम्बर ४ मा लोकबहादुर फगामी,५ मा राजेश तिलिजा र ६ मा रामबहादुर खड्का विजयी हुनुभएको छ ।

मतगणनामा विवाद भएपछि स्थगित भएको मतगणना बुधबार विहान देखि सुरु गरिएको थियो । अन्नपूर्णको मत परिणाम सार्वजनिक भएसँगै म्याग्दीका सवै स्थानीय तहमा मतगणना सकिएको छ । जिल्लामा रहेका ६ स्थानीय तह मध्य नेकपा एमालेले मालिका,मंगला,अन्नपूर्ण र बेनी नगरपालिकामा प्रमुख जितेको छ ।

नेपाली काँग्रेसले रघुगंगामा अध्यक्ष र उपाध्यक्ष र धौलागिरिमा अध्यक्ष जितेको छ । यसैगरी माओवादीले बेनी नगरको उपप्रमुख र धौलागिरि गाउँपालिकाको उपाध्यक्ष जितेको छ । बेनी नगर र धौलागिरिमा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए ।

६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको जिल्ला समन्य समितिमा नेकपा एमालेले ७ वटा जितेर जिससको नेतृत्व गर्ने अवसर पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP