Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
अन्नपूर्णकाे अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन विजयी – Sarangi News

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विहिवार विहान सम्पन्न मतगणना अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत पुनले चार हजार ५८ र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बलबहादुर तिलिजाले ३३ सय १६ र उपाध्यक्षका उम्मेदवार ललिता तिलिजाले ३३ सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो ।
८वटा वडा रहेको अन्नपूर्णको १,२,३,७ र ८ नम्बर वडामा नेकपा एमालेका क्रमशः दिलिपकुमार गर्बुजा,ओमप्रकाश फगामी,रमेश पुर्जा,मइलन पुन र खमबहादुर गर्बुजा विजयी हुनुभएको छ ।

यसैगरी नेपाली काँग्रेसले वडा नम्बर ४ मा लोकबहादुर फगामी,५ मा राजेश तिलिजा र ६ मा रामबहादुर खड्का विजयी हुनुभएको छ ।

मतगणनामा विवाद भएपछि स्थगित भएको मतगणना बुधबार विहान देखि सुरु गरिएको थियो । अन्नपूर्णको मत परिणाम सार्वजनिक भएसँगै म्याग्दीका सवै स्थानीय तहमा मतगणना सकिएको छ । जिल्लामा रहेका ६ स्थानीय तह मध्य नेकपा एमालेले मालिका,मंगला,अन्नपूर्ण र बेनी नगरपालिकामा प्रमुख जितेको छ ।

नेपाली काँग्रेसले रघुगंगामा अध्यक्ष र उपाध्यक्ष र धौलागिरिमा अध्यक्ष जितेको छ । यसैगरी माओवादीले बेनी नगरको उपप्रमुख र धौलागिरि गाउँपालिकाको उपाध्यक्ष जितेको छ । बेनी नगर र धौलागिरिमा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए ।

६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको जिल्ला समन्य समितिमा नेकपा एमालेले ७ वटा जितेर जिससको नेतृत्व गर्ने अवसर पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP