Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
किशोरीले पुरुषको यौनांगजस्तै फूल टिपेको भिडियो भाइरल, नटिप्न चेतावनी – Sarangi News

पाेखरा । तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनांग जस्तो देखिने नेपेन्थिस होल्डेनी सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा पाइन्छ ।

बिरुवाहरू कम पोषकतत्वयुक्त माटोमा हुर्किन्छन् । अमृत र मीठो सुगन्धमार्फत किरालाई आकर्षित गर्ने यो विरुवालाई ‘मांशहारी’ पनि भनिन्छ ।
एउटा फेसबुक पोस्टमा वातावरण मन्त्रालयले भाइरल भिडियोप्रति संकेत गर्दै लेखेको छ, ‘उनीहरूले जे गरिरहेका छन् त्यो गलत हो र भविष्यमा फेरि नगर्नुहोस । प्राकृतिक स्रोतहरू माया गर्नुभएकोमा धन्यवाद । तर, विरुवा नचुडाल्नुहोस, नत्र भने त्यो मासिन्छ ।’

भिडियोमा कम्बोडियाको कम्पोट प्रान्तको बोकोर पहाडमा तीन जना महिलाले लोपोन्मुख फूल टिप्दै गरेको देखाइएको छ ।

हालैका वर्षहरूमा स्थानीय र पर्यटकहरूले बढ्दो दरमा रमाइला लाग्ने यस्ता वनस्पतिहरू टिप्ने र सामाजिक सञ्जालमा पोस्ट गर्न सेल्फी खिचिरहेका छन् ।
निजी जग्गामा कृषि विस्तार र संरक्षित क्षेत्रमा पर्यटन उद्योगको वृद्धिका कारण कम्बोडियामा मांसाहारी बिरुवाहरूको प्राकृतिक बासस्थान घटेको साइन्स डेलीले कम्बोडियन जर्नल अफ नेचुरल हिस्ट्रीमा २०२१ को अध्ययनलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

रमाइलोको लागि विरुवा टिप्दा त्यसको अस्थित्व समाप्त हुने वातावरणविद्हरूले चेतावनी दिँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP