Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की पीडित युवती प्रहरीमा – Sarangi News

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन्। आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी हुन्।

स्रोतका अनुसार शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई सम्पर्क गरेकी थिइन्।आइतबार उनले महाशाखामै पुगेर घटना बारे बताएको स्रोतले जानकारी दिएको छ।

सोमबार पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाण्डौंमा उपस्थित गराउने भएको छ।अनुसन्धानका लागि सोमबार म्याद लिने तयारी गरेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए।

‘अहिले हामी अनुसन्धान गरिरहेका छौं। घटनाका बारेमा धेरै कुरा अहिले नै भन्न मिल्दैन। कानुन अनुसार सबै प्रक्रिया अब अगाडी बढ्छ’, कुँवरले भने।

यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्।उनले घटना सार्वजनिक गरेसँगै दोषीलाई तत्काल कारबाही गर्न सडकदेखि संसदसम्म आवाज उठेको थियो।

त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न एसएसपी कुँवरको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ।शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध ती किशोरीले पनि सोमबार जाहेरी दिने तयारी गरेकी छन्।

पाण्डेलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउने तयारी गरेको छ।यो मुद्दामा हद म्याद नहुने भएकाले प्रहरीले यही कसुरलाई मुख्य बनाउने र बन्धक बनाएको, नसालु पदार्थ खुवाएको र यौन शोषण गरेको पनि त्यही मुद्दामा खुलाउने भएको छ।

बलात्कारको मुद्दामा एक वर्षभित्रमा उजुरी गर्नु पर्ने हद म्यादका कारण प्रहरीले अर्को विकल्प खोजेको हो। ८ वर्ष पहिले पाण्डेले यौन शोषण गरेको आरोप ती किशोरीको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP