लमजुङ सेवा समाज कतारद्वारा नवनिर्वचित जनप्रतिनिधीहरुलाई बधाई – Sarangi News

सुरज गुरुङ

लमजुङ । लमजुङ सेवा समाज कतारले जिल्लाका सबै पालिकामा स्थानिय तह निर्वाचनबाट विजयी जनप्रतिनिधिहरुलाई बधाई, शुभकामना दिएको छ ।

संस्थाले जेठ ९ र १० गते गरि क्लोहासोथर बाहेकका सबै ७ पालिकामा भ्रमण गरि नया जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना दिएको थियो ।

परिचयत्माक कार्यक्रममा गत कार्यकालकाे कार्यप्रगति प्रतिवेदन र यसै सालकाे भित्तेपात्रो हस्तान्तरण पनि गरिएकाे संस्थाले जनाएको छ । कार्यक्रममा स्थानिय निकाय र लमजुङ सेवा समाज कतार बिच समन्वय गर्न सकिने बिषयमा छलफल भएको थियो ।

सस्थाले दाेर्दी‌ गाउँपालिकाबाट सुरु गरेकाे कार्यक्रम दुधपाेखरी‌ गाउँपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका,‌ मर्स्याङ्दी गाउपालिका, बेशिशहर नगरपालिका हुदै मध्यनेपाल नगरपालिकामा समापन भएकाे थियो । सबै पालिकाहरुमा उत्साहप्रद तरिकाले सहयाेग‌ र सकारात्मक टिप्पणी प्राप्त भएकाे थियो।दाेर्दी‌ गाउँपालिकामा अध्यक्ष युवराज अधिकारी उपाध्यक्ष बिछ‌ बहादुर घले, प्रमुख प्रशासकीय अधिकृत रुकमान गरुङ, वार्ड ४ अध्यक्ष मिन बहादुर गुरुङ, वार्ड ८ अध्यक्ष नारान घले‌ लगायतकाे उपस्थिति थियाे।
दुधपोखरी गाउँपालिकामा प्रमुख धन प्रसाद गुरुङ, उपप्रमुख क्षेत्र बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु अधिकारी, वार्ड १ अध्यक्ष दुर्गामान गुरुङ, वार्ड २ अध्यक्ष अमर गुरुङ, वार्ड ३ अध्यक्ष श्याम गुरुङ, वार्ड ४ अध्यक्ष ओम बहादुर गुरुङ, वार्ड ५ अध्यक्ष दल बहादुर गुरुङ, वार्ड ६ अध्यक्ष मनिष गुरुङ उपस्थित हुनुहुन्थ्यो।
राइनास‌ नगरपालिकामा अध्यक्ष खड्ग बहादुर गुरुङ, उपाध्यक्ष पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गाेकर्णराज‌ सुयल र वार्ड ५ अध्यक्ष शंख बहादुर‌ नेपाली काे उपस्थिति ‌थियाे।
त्यसै गरी सुन्दरबजार नगरपालिकामा मेयर‌कृष्ण प्रसाद काेइराला, उपमेयर भवानी केसि, प्रमुख प्रशासकीय अधिकृत दिबाकर पाैडेल र वार्ड ७ अध्यक्ष जयराम रेग्मी उपस्थित हुनुहुन्थ्यो।
मर्स्याङ्दी गाउँपालिकामा अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनमाया थापा, वडा नं ८ अध्यक्ष धनसिङ तामाङ उपस्थित हुनुहुन्थ्यो भने वेसिशहरमा मेयर गुमानसिंह अर्याल, उपमेयर पद्मा गुरुङ, वार्ड ८ अध्यक्ष ऋषि राम बस्नेत उपस्थित हुनुहुन्थ्यो।
मध्यनेपाल नगरपालिकामा भने उपमेयर सीता गुरुङ, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा र वार्ड ६ अध्यक्ष विष्णु भक्त पाैडेल उपस्थित हुनुहुन्थ्यो।
भ्रमण दलमा सस्थाका द्वितीय उपाध्यक्ष बुद्धिसागर सुवर्णकार, तृतीय उपाध्यक्ष कल्याण थापा, अनन्त घिमिरे, देव गुरुङ, दिलमाया थापा हुनुहन्थ्यो भने आ-आफ्नो पालिकामा टाेलि पुग्दा तत् पालिकाका सस्थाका पदाधिकारी, पुर्व पदाधिकारीहरुकाे उल्लेख्य‌ उपस्थिति‌ थियाे। त्यस क्रममा शैलेन्द्र बुढाथोकी, प्रेम‌ तिवारी, ठाकुर भट्ट, रामदेव भट्ट, कृष्ण बराल, शिव रसाइली लगाएतको सहभागिता थियाे।

सबै‌ जसाे‌ पालिकाका प्रमुखहरुले पराेपकारी सामाजिक सस्थाले‌ निश्वार्थ सेवा भावले काम गर्नु सकारात्मक भएकाे प्रतिक्रिया दिएका थिए । उनीहरुले लमजुङ सेवा समाजसँग द्विपक्षीय समन्वय र सहायता आदानप्रदान गरिने वताए ।
सस्थाका उपाध्यक्ष बुद्धिसागर सुवर्णकारले आगामी दिनमा लमजुङ जिल्लाका सबै‌ पालिका प्रमुखहरुलाइ‌ साझा अनलाइन अन्तर्कृया‌ आयाेजना गरी समग्र लमजुङकाे बृहत्तर‌ हितमा छलफल आयाेजना गरिने बताउनु‌ भयाे। सस्थाका पुर्व सल्लहाकार कृष्ण बरालले सस्थाले मध्यनेपाल नगरपालिकामा गरेका मानवीय सहायताकाे प्रसंग निकाल्दै द्विपक्षीय सहकार्य अझ प्रभावकारी हुने बताउनु भयाे। कार्यक्रमको सन्चालन सस्थाका तृतीय उपाध्यक्ष कल्याण थापाले गर्नु भएको थियो भने ल से स का गतिविधि र भ्रमणको उद्देश्यबारे सस्थाकै द्वितीय उपाध्यक्ष बुद्धि सागर सुवर्णकारले प्रकाश पार्नु भएको थियो।
सस्थागत रुपमा निर्णय गरि सुरुवात भएको दुई दिने उक्त कार्यक्रम समापन पश्चात्
लमजुङ सेवा समाज कतारका अध्यक्ष सिताराम थापाले भ्रमण दलका सबै सहभागी , सहयोगी र भ्रमणको क्रममा जोडिनु हुने सबै शुभचिन्तकलाई सस्थाको तर्फबाट कृतज्ञता प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP