सानी चरी (बालकविता) – Sarangi News

सानी चरी (बालकविता)

चिर्बिर गर्दै कहाँबाट आयौ सानी चरी

यौटै जीउमा देख्दैछु म रङ्ग थरि–थरि

आकाश हो मैदान तिम्रो रूख तिम्रो बास

धर्तीमाथि छरिएको अन्न तिम्रो गास

आकाश–रूख–धर्ती चाहार्दै उड्छ्यौ घरी–घरी

थकाइ मार्न हाम्रो घरमा आऊ सानी चरी

त्यति राम्रा प्वाँखहरू मेरा जीउमा रहे

तिम्रोजस्तै मीठो लय मेरो पनि भए

म पनि त नाच्थेँ–गाउँथेँ छक्क परी–परी

तिम्रो रूप मलाई पनि देऊ सानी चरी ।

मध्यनेपाल नगरपालिका–६
भोर्लेटार, लमजुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP