Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
ढिकी र जाँताको सवाइ – Sarangi News

ढिकी र जाँताको सवाइ

                        – माधवप्रसाद घिमिरे

सुन सुन भाइ हो म केही भन्छु

ढिकी र जाँताको सवाइ कहन्छु

जाँतो थियो पिँढीमा ढिकरीमा ढिकी

दुबैजना कल गर्थे निहुँ झिकी झिकी

एका बिहान रिसले जाँतो रिँग्यो र्‍वाइँ र्‍वाइँ

ढिकीलाई गाली गर्‍यो ‘ढिकी बुढी घ्वाइँ घ्वाइँ’

काम गर्ने बेला भयो बह लाग्यो भन्छेस्

उचालिँदै पछारिँदै सय फेरा कन्छेस्

दुई पाथी धान दियो एक पाथी लुकाउँछेस्

मुसलदाँते ओथारे तँ फुका चामल बुकाउँछेस्

ओखलको मुख तेरो भरिँदैन खाएर

दिनभरि पल्टिराख्छेस् उपरखुट्टी लाएर

मच्चिएर उफ्री उफ्री भक्र्याङच्याङ भक्र्याङच्याङ

ढिकी बुढी गाली गर्छ ‘नगर् धेरै च्याङच्याङ’

भुँडी तेरो घ्याम्पा जत्रो मुख तेरो खुँडे

पाहुना झैँ पिँढीमा बस्छस् बडो भुँडे

काम गर्ने बेला भयो बसी बसी ठग्छस्

एक माना कोदो खाई दुई माना हग्छस्

दाँत तेरो राक्षसको दाह्रा जस्तो मानी

खाई कैल्यै अघाउँदैनस् अहारिसे बानी

चामल खाने हामीलाई पिठो खाने जात

बडो धाक लगाउँछस् दिउँला दुई लात

जाँताको र ढिकीको कल हुन लाग्यो

कल छिन्न फलामको कल त्यहीँ आयो

जाँतो बोकी हिमालमा कमिलाले लग्यो

ढिकी गई वाग्लेको घर पल्टिरह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP