शुक्रबार , कार्तिक २, २०८१
उत्तर अमेरिका करापुटार समाजले बढीपीडितहरुलाई घर बनाईदियो। – Sarangi News

लमजुङ। उत्तर अमेरिका करापुटार समाजले २०७७ असार २९ गतेका दिन आएको बढीले क्षति पुर्याएको मध्यनेपाल नगरपालिका वडा नं ६ का लामसोती पुरानाडिही लगायतका पीडितहरुलाई घर मरम्मत सम्हार तथा घर बनाई दिएको छ। उत्तर अमेरिकामा रहेका करापुटार स्थाई घर भएका प्रमोद घिमिरेको पहलमा अमेरिका निवासी नेपालीहरुसंग लगभग २४ लाख रुपैया सहयोग संकलन गरीएको थियो। सोही रकमलाई करापुटार निवासी खगराज घिमिरेको सम्योजकत्वमा रमेश चन्द्र घिमिरे र चित्र थापा सहितको ३ सदस्यिय समिती गठन गरी कार्य प्रणाली अगाडि बढाईएको थियो। सो कार्यले हिजो जेष्ठ १९ गतेका दिन पुर्णता पाएको छ। घर बनाएको बनेकाहरु बढीपीडितहरु देवी कुंवर, बम बहादुर कुवंर, कृष्ण बहादुर रानाभाट, कृष्ण बहादुर कुंवर, कमल कुंवर, काजी थापा, गोमा देवी खडका, दिल बहादुर कुंवर र मन बहादुर गुरुङ रहेका छन।

घिमिरे नेपाल आएको अवसर पारेर स्थानिय र समितिले वहाँँको प्रमुख आतिथ्यमा लामासोतिमै एक भव्य कार्यक्रम समेत गरेको थियो। प्रमुख अतिथी घिमिरेले हामी बिदेशमा रहेका नेपालीले देशको अर्थतन्त्र लगायत यावत कुराहरुलाई जोगाउन नसकेपनी गरीब दिन दुखी र यस्तै बढीपीडितहरुको घाउमा मलमा लगाउन सकिएको बताउनु भएको थियो। साथै यसको श्रेय पुन: निर्वाचित वडा अध्यक्ष बिष्णु भक्त पौडेल माथि जान्छ किन भने यो समस्या हामी समक्ष पुर्याउन सफल हुनु भयो र हामीले सहयोग संकलन गरेर यहाँ ल्याउन सक्यौ बढीपीडितहरुलाई सहयोग गर्न पायौ यती मात्रा नभै हामी बिभिन्न समस्याका समाधान गर्न तयार रहेको जिकिर समेत गर्दै वडा अध्यक्ष बिष्णु भक्त पौडेलको कार्यकुशलातालाई तारिफ गर्दै सफल कार्यकालको शुभकामना सहित नेताको भन्दा जनताको दु:खको साथी बन्न कदापी पछाडि नपर्नोस समेत प्रमुख अतिथी प्रमोद घिमिरेले बोल्न भ्याए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत जहाँ जहाँ… सार्वजनिक (भिडियोसहित)

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।

काउरे पिपल डाँडाको भलिवल प्रतियोगिता ज्वाला देवी स्याङ्जाको पोल्टामा।


TOP