Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मध्य नेपाल नगरपालिका ६ लामासोतिमा मौरी सहित घार बितरण – Sarangi News

लमजुङ। मध्य नेपाल नगरपालिका वडा नं ६ लामासोतिमा २० घरलाई मौरी सहितको घार बितरण गरिएको छ। लामासोती तथा पुरानाडिही कृषि तथा पशु वडा स्तरिय कार्यक्रम अन्तरगत चालु आर्थीक बर्षको वडाबाट बिनियोजित ढुवानी सहित २ लाखको बजेटबाट बितरण गरिएको हो। सो कार्यक्रममा कृषिका अधिक्रित विपिन अधिकारिले मौरिको बारेमा जानकारी दिदै कसरी यसलाई सिजन अनुसार देखाभाल गर्ने भनेर प्रशिक्षण दिनु भएको थियो।

उक्त कार्यक्रमका अध्यक्षता वडा अध्यक्ष बिष्णु भक्त पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथी मध्य नेपाल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वारी प्रसाद अधिकारिले गर्नु भएको थियो। प्रमुख अतिथी अधिकारिले कृषकहरुलाई मौरी बितरण गरे पश्चात कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पर्दै कृषकहरुलाई स्वावलम्बी बन्न अनुरोध गर्नु भएको थियो। यस्तै गरी कार्यक्रमका अध्यक्षता गर्नु भएका वडा अध्यक्ष बिष्णु भक्त पौडेलले एक घारबाट ६ घारसम्म बनाउन सफल भएको कुरालाई उदाहरण दिदै मौरिलाई कसरी खानपनको र ब्यवस्थापनको बारेमा ध्यान दिनु पर्दछ बताउनु भयो। साथै सरकारले दिएका यस्ता यस्तै सेवा सुबिधाहरुलाई उचित ढङ्गले कार्य प्रयोजनमा ल्याउन सकियो भने हामी कृषकले आफ्नो जीवनोस्तर उकास्न कृषी प्रधान हाम्रो देशमा कुनै समस्या नभएको बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP