मध्य नेपाल नगरपालिका ६ लामासोतिमा मौरी सहित घार बितरण – Sarangi News

लमजुङ। मध्य नेपाल नगरपालिका वडा नं ६ लामासोतिमा २० घरलाई मौरी सहितको घार बितरण गरिएको छ। लामासोती तथा पुरानाडिही कृषि तथा पशु वडा स्तरिय कार्यक्रम अन्तरगत चालु आर्थीक बर्षको वडाबाट बिनियोजित ढुवानी सहित २ लाखको बजेटबाट बितरण गरिएको हो। सो कार्यक्रममा कृषिका अधिक्रित विपिन अधिकारिले मौरिको बारेमा जानकारी दिदै कसरी यसलाई सिजन अनुसार देखाभाल गर्ने भनेर प्रशिक्षण दिनु भएको थियो।

उक्त कार्यक्रमका अध्यक्षता वडा अध्यक्ष बिष्णु भक्त पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथी मध्य नेपाल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वारी प्रसाद अधिकारिले गर्नु भएको थियो। प्रमुख अतिथी अधिकारिले कृषकहरुलाई मौरी बितरण गरे पश्चात कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पर्दै कृषकहरुलाई स्वावलम्बी बन्न अनुरोध गर्नु भएको थियो। यस्तै गरी कार्यक्रमका अध्यक्षता गर्नु भएका वडा अध्यक्ष बिष्णु भक्त पौडेलले एक घारबाट ६ घारसम्म बनाउन सफल भएको कुरालाई उदाहरण दिदै मौरिलाई कसरी खानपनको र ब्यवस्थापनको बारेमा ध्यान दिनु पर्दछ बताउनु भयो। साथै सरकारले दिएका यस्ता यस्तै सेवा सुबिधाहरुलाई उचित ढङ्गले कार्य प्रयोजनमा ल्याउन सकियो भने हामी कृषकले आफ्नो जीवनोस्तर उकास्न कृषी प्रधान हाम्रो देशमा कुनै समस्या नभएको बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP