Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
शिवालय माविमा जनप्रतिनिधिलाई बधाई र शुभकामना – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुक्रबार बधाई तथा शुभकामनासहित सम्मान गरेको छ ।
सो गाउँपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीसँगै वडा सदस्यहरूलाई सम्मान गरिएको हो । वडा सदस्यमा निर्वाचित सोही विद्यालयका शिक्षक–अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझा र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबाबु सुवेदी तथा हिता रुपाखेती र अनिता रानालाई पनि सम्मान गरिएको थियो ।
त्यसै गरी गाउँपालिकाकै उपाध्यक्षमा निर्वाचित विद्यालयकी पूर्व विद्यार्थी लालसुब्बा गुरुङलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरूलाई प्रधानाध्यापक रुपिन्द्र प्रभावी, विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीकृष्ण सुवेदी, विमला गुरुङ, कौशिला परियार तथा शिक्षक विद्यार्थीहरूले फूल, माला, अबिर, सम्मानपत्र, दोसल्लाले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित वडा अध्यक्ष राजन सुवेदीले वडा नम्बर २ लाई नमुना वडा बनाउन पहल गर्ने बताए । शिक्षालाई सधैँ प्राथमिकतामा राखेर योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले शिवालयको हितका लागि हिजोभन्दा पनि थप ऊर्जाका साथ अघि बढ्ने धारणा राखे । आफू निर्वाचित हुनुमा विद्यालय परिवारले गरेको सकारात्मक साथको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि सामान्य गल्ती हुँदा पनि सुझाव दिन आग्रह गरे ।
विद्यालय व्यवस्थाप समितिका कार्यवाहक अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेनालगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP