Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
शिवालय माविको पूर्व विद्यार्थी मञ्चमा शिवराज – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा शिवराज सुवेदी सर्वसम्मत चयन भएका छन् ।

शनिबार विद्यालयमा सम्पन्न दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पोष्टराज सुवेदी, उपाध्यक्षमा भगवान् ओझा, सचिवमा उदयराज ओझा, कोषाध्यक्षमा प्रदीप सुनाम र सहसचिवमा आशिष ओझा चयन भएका छन् ।

यस्तै सदस्यहरूमा हरिचन्द्र सुवेदी, शिवहरि ओझा, युवराज सुवेदी, अमृत सुवेदी, सरिता ओझा, लक्ष्मण ढुङ्गाना, विजिन्द्र सुनाम, विशाल सुवेदी र सम्झना सुवेदी चयन भएका छन् ।

नवनिर्वाचित समितिको प्रथम बैठकबाट मनबहादुर भुजेल, राजेन्द्र ओझा, रमेश ओझा, राजन सुवेदी, पूर्णदीप सुवेदी, प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र विद्यालय व्यवस्थापन समितिका  कार्यवाहक अध्यक्ष धनपति ओझालाई सल्लाहकारमा चयन गरेको छ ।

राजेन्द्र ओझाको संयोकत्वमा रमेश ओझा र निवर्तमान अध्यक्ष राजन सुवेदी सदस्य रहेको निर्वाचन मण्डले नवनिर्वाचित समिति घोषणा गरेको थियो । कार्यक्रममा वडा नम्बर २ का नवनिर्वाचित वडा अध्यक्षसमेत रहेका मञ्चका निवर्तमान अध्यक्ष राजन सुवेदी र शिक्षक-अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझालगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP