मध्य नेपाल नगरपालिका ६ मा अपाङ्ग सहायता सामाग्री बितरण कार्यक्रम सम्पन्न – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका वडा नम्बर ६ भोर्लेटारमा अपाङ्ग सहायता सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गहरुलाई हिव्ल चियर, सेतो छडि, ट्रेकिङ स्टिक सहितका बिभिन्न सहायता सामाग्रीहरु बितरण गरिएको हो। वडाको चालु आर्थिक बर्ष २०७८/७९ को बजेट अन्तर्गत पचास हजार बराबरको समान खरिद गरी बितरण गरिएको अपाङ्ग संरक्षण समाज मध्यनेपाल नगरपालिका अध्यक्ष तारा शाली घिमिरेले बताए।

वडा कार्यालयमा नै गरिएको उक्त कार्यक्रममा २९ जना अपाङ्गहरुको उपस्थिती रहेको थियो। उक्त औपचारिक कार्यक्रमका अध्यक्षता अपाङ्ग संरक्षण समाज मध्यनेपाल नगरपालिकाका अध्यक्ष तारा शाली घिमिरेले गर्नु भएको थियो भने वडाध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्य लगायत जनप्रतिधिहरुको उपस्थितिका बिच भएको थियो। सहायता सामाग्रीहरु बितरण गर्दै प्रमुख अतिथी बिष्णु भक्त पौडेले यसै बर्षदेखी शुरुवात भएको यस कार्यक्रमलाई आगामी चालुबर्षहरुमा बजेट थप गरेर अपाङ्गहरुको लागि सामाग्रीहरु बितरण गरिने समेत बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP