Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मध्य नेपाल नगरपालिका ६ मा अपाङ्ग सहायता सामाग्री बितरण कार्यक्रम सम्पन्न – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका वडा नम्बर ६ भोर्लेटारमा अपाङ्ग सहायता सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गहरुलाई हिव्ल चियर, सेतो छडि, ट्रेकिङ स्टिक सहितका बिभिन्न सहायता सामाग्रीहरु बितरण गरिएको हो। वडाको चालु आर्थिक बर्ष २०७८/७९ को बजेट अन्तर्गत पचास हजार बराबरको समान खरिद गरी बितरण गरिएको अपाङ्ग संरक्षण समाज मध्यनेपाल नगरपालिका अध्यक्ष तारा शाली घिमिरेले बताए।

वडा कार्यालयमा नै गरिएको उक्त कार्यक्रममा २९ जना अपाङ्गहरुको उपस्थिती रहेको थियो। उक्त औपचारिक कार्यक्रमका अध्यक्षता अपाङ्ग संरक्षण समाज मध्यनेपाल नगरपालिकाका अध्यक्ष तारा शाली घिमिरेले गर्नु भएको थियो भने वडाध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्य लगायत जनप्रतिधिहरुको उपस्थितिका बिच भएको थियो। सहायता सामाग्रीहरु बितरण गर्दै प्रमुख अतिथी बिष्णु भक्त पौडेले यसै बर्षदेखी शुरुवात भएको यस कार्यक्रमलाई आगामी चालुबर्षहरुमा बजेट थप गरेर अपाङ्गहरुको लागि सामाग्रीहरु बितरण गरिने समेत बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP