Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
एमाले कार्यकर्ताले जुरेलीलाई हिलोमा पछारेपछि ‘सुर्जेकुमारी’ टाप – Sarangi News

पोखरा

नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हिजो आयोजना गरेको धान दिवसको कार्यक्रममा कुटाकुट भएको छ । अघिल्लो वर्षको असार १५ मा पनि लोक गायक छत्र शाहीसँगको हर्कतले सामाजिक सञ्जाल तताएकी अस्मिता जुरेली र युवा संघका नेताबीच हिलोमै कुटाकुट हुँदा ‘एमालेको रोपाइँ’ विवाद र चर्चामा परेको हो ।

ललितपुरको भैँसेपाटीमा आयोजना गरिएको रोपाइँ कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि थिए । रोपाइँ चल्दाचल्दै अचानक युवा संघका एक नेताले आफूलाई हिलोमा उचालेर पछारेको र अश्लिल हर्कत् गरेको जुरेलीको आरोप छ । ती युवाले आफूलाई घाँटी थिचेर कपडा च्यातिदिएको जुरेलीले बताइन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको कुटाकुटको भिडियोमा उनले एक युवासँग ठेलाठेल गरेको देख्न सकिन्छ । अन्य सहभागीहरूले दुई जनाको घम्साघम्सी छुट्याउन खोजेका थिए ।

घटना हुँदा प्रमुख अतिथि पोखरेल भने हिँडिसकेका थिए । तर नायिका करिश्मा मानन्धर घटना हुँदा त्यही भए पनि होहल्ला हुन थालेपछि टाप कसेको बताइन्छ ।

अस्मिता जुरेली रेस्लरका रूपमा चर्चित छिन् । एमालेकी खाँटी कार्यकर्ता जुरेली केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’ निर्वाचन आयोगमा दर्ता हुँदा सचिव बनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP