Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
वडाध्यक्ष सुवेदीद्वारा आफूले पाउने सुविधा जनताका लागि खर्चिने प्रतिबद्धता – Sarangi News

पोखरा । कास्की रूपा गाउँपालिका, वडा नम्बर २ का वडाध्यक्ष राजन सुवेदीले आफूले वडाध्यक्ष भएवापत पाउने सुविधाको रकम जनताकै लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुवेदीले शुक्रबार फेसबुकका माध्यमबाट ८ बुँदे प्रतिबद्धतासहित ‘जनताको सेवक बन्छु भनेर जनप्रतिनिधि बन्ने आकाङ्क्षा राखेकाले जागिरे नभई सेवक नै बन्ने’ घोषणा गरेका हुन् । उनले सञ्चार, यातायात, पत्रपत्रिका, बैठक भत्तालगायत सबै सुविधा व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगरी रूपाका ७ ओटै वडाका जनताका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट उनी नेकपा (एमाले)का तर्फबाट उम्मेद्‍वार भई १६१ मतको अन्तरले विजयी भएका थिए । सामान्य किसान परिवारमा जन्मेका सुवेदी पोखराका स्थापित युवा व्यवसायी पनि हुन् । नेकपा एमालेका कास्की जिल्ला कमिटी सदस्यसमेत रहेका उनी सोही पार्टीका रूपा वडा नम्बर १ र २ का इन्चार्ज हुन् । आफू निर्वाचित हुनुअघि नै उद्यमसँग जोडिएको बताउँदै उनले राजनीतिमा लाग्ने सबै कुनै न कुनै उद्यमसँग जोडिनुपर्ने तर्कसमेत राख्दै आएका छन् ।

यस्ता छन् सुवेदीका प्रतिबद्धताहरूः

  • म सिकर्मी, किसान बाउको छोरा हुँ- त्यसैले केही रकम कृषिमा खर्च गर्ने छु ।
  • म टुहुरी आमाले हुर्काएको स्वाभिमानी छोरा हुँ- त्यसैले केही रकम टुहुरा/टुहुरी, गरिबहरूका लागि खर्च गर्ने छु ।
  • म एउटी मिहिनेती र समझदार श्रीमतीको श्रीमान् हुँ- त्यसैले केही रकम सफल गृहिणीहरूको हितका लागि र महिलालाई उद्यमी बनाउनका लागि खर्च गर्ने छु ।
  • म कलाकार दाइको भाइ र गायिका भाइको देवर हुँ- त्यसैले केही रकम कला संस्कृति संरक्षण एवम् प्रवर्धनमा खर्च गर्ने छु ।
  • म विद्यार्थी छोरा र छोरीको बाउ हुँ- त्यसैले केही रकम विद्यार्थीको हितमा खर्च गर्ने छु ।
  • म हस्पिटल बनाउनुभन्दा खेल मैदान बनाएर निरोगी तथा स्वस्थ जनता बनाउनुपर्छ भन्ने पक्षमा छु- त्यसैले खेलाडी साथीहरूको प्रोत्साहनमा केही रकम खर्च गर्ने छु ।
  • म गरिबीलाई आफूले राम्रोसँग चिनेर आएको छु- त्यसैले केही रकम उत्पादनमा लागेका निम्न आय भएका जनताका लागि खर्च गर्ने छु ।
  • म सबैको कुरा सुन्ने गर्दछु- त्यसैले छुटेका महत्त्वपूर्ण ठाउँमा रकम खर्च गर्ने छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP