Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
कास्कीकोटमा एक घरः पाँच जडिबुटी अभियान – Sarangi News

पोखरा । पोखरा-२४, कास्कीकोटमा शनिबारदेखि एक घरः पाँच जडिबुटी अभियान सुरु भएको छ ।

हाम्रो कास्कीकोट युवा सञ्जालको आयोजनामा भएको कार्यक्रममा अभियानको उद्‍घोष गर्दै निःशुल्क जडिबुटीका बिरुवा वितरण गरिएको अध्यक्ष शीतल गिरीले जानकारी दिए । वडामा रहेका सम्पूर्ण घरमा प्रतिघर कम्तीमा पनि पाँचवटा जडिबुटी रहने लक्ष्य लिइएको अभियानको पहिल चरणमा  कागती, अमला, हर्रो, बर्रो र तेजपत्ताका जम्मा १४ सय बिरूवाहरू वितरण गरियो । कार्यक्रममा वडाका जनप्रतिनिधि मैयाँ नेपाली र वडा सचिव प्रभात लामिछानेको पनि संलग्नता रहेको थियो । अभियान एक वर्षभरि नै चल्ने अध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP