कास्कीकोटमा एक घरः पाँच जडिबुटी अभियान – Sarangi News

पोखरा । पोखरा-२४, कास्कीकोटमा शनिबारदेखि एक घरः पाँच जडिबुटी अभियान सुरु भएको छ ।

हाम्रो कास्कीकोट युवा सञ्जालको आयोजनामा भएको कार्यक्रममा अभियानको उद्‍घोष गर्दै निःशुल्क जडिबुटीका बिरुवा वितरण गरिएको अध्यक्ष शीतल गिरीले जानकारी दिए । वडामा रहेका सम्पूर्ण घरमा प्रतिघर कम्तीमा पनि पाँचवटा जडिबुटी रहने लक्ष्य लिइएको अभियानको पहिल चरणमा  कागती, अमला, हर्रो, बर्रो र तेजपत्ताका जम्मा १४ सय बिरूवाहरू वितरण गरियो । कार्यक्रममा वडाका जनप्रतिनिधि मैयाँ नेपाली र वडा सचिव प्रभात लामिछानेको पनि संलग्नता रहेको थियो । अभियान एक वर्षभरि नै चल्ने अध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP