Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
शून्य : बालकविता – Sarangi News

शून्य (बालकविता)

      – केशवराज अधिकारी 

एकभन्दा दुई ठूलो दुईभन्दा तीन
शून्यको त गणना नै गरिँदैन किन ?
शून्य मेरो नाम तर कोही भन्छन् जीरो
मै जिरो नि मौका मिल्दा बन्ने गर्छु हिरो।    
    कैले अघि कैले पछि तिम्रै साथ हुन्छु
    सानोलाई माथि, ठुलो तल झारिदिन्छु।
    नौ ले फूर्ती गर्न थाल्यो भन्दै पाजी जीरो
    एकसँग अघि लागेँ म त भएँ हिरो।
नौले लग्यो गुडाउँदै राख्यो अघिल्तिर
कुरा गर्छ ठुला ठुला ठाडो गर्दै शिर।
घमण्डको सेखी झार्न सक्छु म हुँ जीरो
नौकै पछि सरि दिएँ म त भएँ हिरो।
    फकाउँदै आठ आयो लग्यो आफैतिर
    उतै लागेँ म त अब मलाई के को पिर ?
    आठबाट असी बन्यो कमाल् गर्छ जीरो
    नब्बेलाई नौमा झारेँ म त भएँ हिरो।
  • रामबजार करापुटार, लमजुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP