Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
सुन्दर गाउँ : बालकविता – Sarangi News

सुन्दर गाउँ (बालकविता)

              – भानु ढुङ्गाना

साँझको बत्ती झलल

धाराको पानी कलल

पखेरीमा हावा सिरिरी

गोठमा मुरली तिरिरी

 

मकैको पात तलल

धिरिमा पानी सलल

झर्नाको जल झर्झर

निर्मल छ पानी खलल

 

गुराँस फुल्यो पहाड

धानको सुन्दर बियाड

सररर समीर चलेको

असार छैन गलेको

 

नगर्नु काम साँझमा

उज्ज्वल मझेरी माझमा

राखेर आरती तयारी

बालेर दिप सयारी

******************

खुदुनाबारी झापा (नेपाल)

हाल : ओन्टारियो क्यानेडा

लेखकका बारेमा थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

लेखकका अन्य बालकविताहरू यसमा  अनि यसमा पनि छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP