Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालापनको गीत – Sarangi News

बालापनको गीत (बालकविता)

                       – आचार्य प्रभा

बालापनको त्यो कथा सुनाई देऊ न ए आमा

कस्तो नाना लाउँथें म भोटो हो या जामा ………

 

ताते ताते गरेर औंला समाई हिँडाएछौ

बामे सर्दा आफू पनि बालापनमै आएछौ …..

 

शैशवकालको त्यो दिन फर्काई देऊ न ए आमा

कस्तोसँग नाच्थेँ म समाएर आफ्नै नाना ……….

 

को खाई को खाई गरेर लिटो जाउलो खुवाइछौ

नु नु नु नु गर भन्दै लोरी पनि सुनाइछौ ………….

 

अबोधपनको त्यो पल सम्झाई देऊ न ए आमा

कति दुःख दिएँ तिम्लाई अब माग्छु म क्षमा …………………

 

बुढी औँला समाई घुमाउन लग्यौ होला

मेरो स्याहार सुसारमा कति कष्ट भोग्यौ होला ………..

 

बालापनको ……………..

*****************

दमक झापा

रचना -अप्रिल २१ /२०१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP