बालगीत : फूलले देख्यो सपना – Sarangi News

बालगीत : फूलले देख्यो सपना

 – गोविन्दराज विनोदी

सातै र रङ्ग पोतेर
छिर्बिरे पङ्ख जडेको
फूलले देख्यो सपना
पुतली बनी उडेको

    बास्नाको धूलो बटुली
    बतासभित्र मिसाउँदै
    स-साना नानीहरूको
    मुहारलाई हँसाउँदै
    प्रकृतिसित खेलेर
    मायाको डोरी बुनेको
    फूलले देख्यो सपना
    पुतली बनी उडेको

ताराका साना हातमा
बसेर रात रातमा
जूनलाई हेर्दै हाँसेर
छम र छमी नाचेर
पूर्वको ढोका उघार्दा
सुनौलो बिहान खुलेको
फूलले देख्यो सपना
पुतली बनी उडेको ।

****************

                        गैँडाकोट, नवलपरासी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP