Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालगीत : फूलले देख्यो सपना – Sarangi News

बालगीत : फूलले देख्यो सपना

 – गोविन्दराज विनोदी

सातै र रङ्ग पोतेर
छिर्बिरे पङ्ख जडेको
फूलले देख्यो सपना
पुतली बनी उडेको

    बास्नाको धूलो बटुली
    बतासभित्र मिसाउँदै
    स-साना नानीहरूको
    मुहारलाई हँसाउँदै
    प्रकृतिसित खेलेर
    मायाको डोरी बुनेको
    फूलले देख्यो सपना
    पुतली बनी उडेको

ताराका साना हातमा
बसेर रात रातमा
जूनलाई हेर्दै हाँसेर
छम र छमी नाचेर
पूर्वको ढोका उघार्दा
सुनौलो बिहान खुलेको
फूलले देख्यो सपना
पुतली बनी उडेको ।

****************

                        गैँडाकोट, नवलपरासी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP