Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
  असल बानी सिक्नुपर्छ (बालकविता)   – Sarangi News

असल बानी सिक्नुपर्छ : बालकविता

        – हरि श्रेष्ठ

सानैदेखि  असल   बन्ने,

बानी हामीले सिक्नुपर्छ।

मनैदेखि   खराब   बन्ने ,

बानी हामीले झिक्नुपर्छ।

 

    असल  बानी  सिक्नलाई,

    गुरुकुलमा  जानुपर्छ ।

    गुरुबा र  गुरुमालाई,

   भगवान् जस्तै  ठान्नुपर्छ।

 

गुरु  ब्रह्मा , गुरु  बिष्णु ,

गुरु  हाम्रा  महेश्वर ।

यिनैलाई  पुज्ने  गरौँ ,

हामी पिता परमेश्वर।

 

    चरी  झैँ  उड्न  सिकाउने,

    यिनै  हाम्रा   माता    हुन्।

    घोडा झैँ  हिँड्न सिकाउने ,

    यिनै   हाम्रा    पिता  हुन्।

 

गुरुबाको  अर्ती    सधैं ,

हाम्रो  माथमा   परोस्

गुरुमाको  अर्ती   सधैं

हाम्रो   साथमा  रहोस् ।

————————————————————————-

भीमेश्वर नगरपालिका वडा नम्वर- २ दोलखा बजार

 हाल  काँडाघारी, काठमाडौंँ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP