Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
  असल बानी सिक्नुपर्छ (बालकविता)   – Sarangi News

असल बानी सिक्नुपर्छ : बालकविता

        – हरि श्रेष्ठ

सानैदेखि  असल   बन्ने,

बानी हामीले सिक्नुपर्छ।

मनैदेखि   खराब   बन्ने ,

बानी हामीले झिक्नुपर्छ।

 

    असल  बानी  सिक्नलाई,

    गुरुकुलमा  जानुपर्छ ।

    गुरुबा र  गुरुमालाई,

   भगवान् जस्तै  ठान्नुपर्छ।

 

गुरु  ब्रह्मा , गुरु  बिष्णु ,

गुरु  हाम्रा  महेश्वर ।

यिनैलाई  पुज्ने  गरौँ ,

हामी पिता परमेश्वर।

 

    चरी  झैँ  उड्न  सिकाउने,

    यिनै  हाम्रा   माता    हुन्।

    घोडा झैँ  हिँड्न सिकाउने ,

    यिनै   हाम्रा    पिता  हुन्।

 

गुरुबाको  अर्ती    सधैं ,

हाम्रो  माथमा   परोस्

गुरुमाको  अर्ती   सधैं

हाम्रो   साथमा  रहोस् ।

————————————————————————-

भीमेश्वर नगरपालिका वडा नम्वर- २ दोलखा बजार

 हाल  काँडाघारी, काठमाडौंँ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP