Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
कवि तेजनाथ घिमिरे रहेनन् – Sarangi News

पोखरा । पोखराका कवि तेजनाथ घिमिरेको गएराति निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ घिमिरेको शनिबार (असार ३२) बिहान २ बजेर १२ मिनेट जाँदा आफ्नै निवास नदीपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वि.सं. १९९६ असोज १, नदीपुर, पोखरामा माता वदनादेवी र पिता गुरुप्रसाद घिमिरेका सन्तानका रूपमा जन्मेका घिमिरेले लामो समय अध्यापन र पत्रकारिता पेसामा आबद्ध भएका थिए । पोखरेली युवा सांस्कृतिक परिवारका सम्मानित आजीवन सदस्य उनका अनावरण (मुक्तकमाला), देशकाल (छन्दकविता), कालचक्रलगायतका कृतिहरू प्रकाशित छन् ।

उनी दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, अवलोकन प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार–२०६२, गण्डकी बृहत् साहित्य सम्मेलन–२०२२ (प्रथम), राष्ट्रिय मुक्तक पुरस्कारलगायत १ दर्जन भन्दा बढी सम्मान र पुरस्कार प्राप्त ।

उनका छोरा प्रकाश घिमिरे चर्चित रङ्गकर्मी हुन् ।

घिमिरेसँग गरिएको अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP