Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
साउने सङ्क्रान्ति (बालकविता) – Sarangi News

साउने सङ्क्रान्ति : बालकविता

                                      सेविका रानाभाट

बिहानीको आकाश हेर कति सफा भा’को
 आज मलाई किन होला यति खुसी ला’को !
    आज सानो पर्व हो नि हुनुपर्छ खुसी
     मेहेन्दी जस्तै रङ्गिने छ जीवन हुन्छ सुखी
आज तिउरे लाउँदा खेरी बिषालुले छुन्न 
 हजुरबाले भन्नु हुन्छ केही अप्ठ्यारो हुन्न 
    सबै खुसी भएका छन परेका छन मख्ख
     हात भरि रङ्गीन देख्दा सानो भाइ छक्क
तिउरे पात टिपी पिसी लाउने अरे हातमा
 हात भरि लुँडो पारी कर्कलाको पातमा
    पहिले बा’का पालामा त लाउँथे अरे पिनेर
     आजभोली हामीले लाउँछम् मेहेन्दी किनेर
अनादीको चाम्रे पकाई मासु पनि खाने रे
 नयाँ कपडा लगाई चट्ट मामा जाने रे !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP