Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
साउन र हरियोः बालकविता – Sarangi News

साउनहरियो (बालकविता)

             -सविता बस्नेत दानी

महिना यो साउनको , जताततै हरियो

हरियालीमै साथी मेरो मन भुलियो

    बारी हेर हरियै, जङ्गल पनि हरियो

    जता हेर्छु उतै देख्छु कति रमाइलो

छुपुछुपु धान कोदो मकै पनि  रोपौँला,

हरियो घाँस काटी  मुनीलाई दिउँला

    झमझम पर्छ पानी, मकै पोली खाउँला

    राम्रा हरिया चुरी हातैभरि लाउँला

साग फर्सी लौका बोडी मिठो पारी पकाउँला

आऊ है  साथी हामी सबै  बाँडी-चुँडी खाउँला

    प्राकृतिक प्यारो रङ्ग अति सुन्दर हरियो

   हरियो सब्जी खाऊ जिउ  हुन्छ बलियो

रङहरुका आफ्ना आफ्नै छ नि है महत्त्व

सबै भन्दा स्वस्थकर मानिने यो हरियो ।


चन्द्रागिरी नगरपालिका, काठमाडौँ

-२०७८/०४/२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP