Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
भेडो भ्या-भ्या कराएको (बालकविता) – Sarangi News

बालकविताः भेडो भ्या-भ्या कराएको

                -विष्णुहरि घिमिरे

 

भेडो भ्या भ्या कराएको

कता होला माथि 

गोरेटोमा खोजी राखेँ

नपाएर साथी ।

 

    कुन बाटो जानुभयो

    कता गयो फेरि

    कोयलीको भाका जस्तो

    आफैँलाई हेरी ।

 

काग का का गर्‍यो कता

झुक्किएर हो कि

सानी बैनी भाका सुन्न

बस्छिन् जिभ्रो टोकी

 

    पुरस्कार मिलाउने

    कोयली कि काग

    सुन्न मन लाग्यो दाजु

    तपाईंको राग ।

 

हार्मोनियम् बजाउने

आफ्नै होला शान ।

राग तीन प्रकारका

मन्द मध्य ज्ञान ।

 

    तार पनि सप्तकमा

    शब्द बुझाउने ।

    ताली पनि लगाउला

    कैले सुनाउने ? 

****************************************

मध्यनेपाल नगरपालिका-७

ईशानेश्वर करापुटार लमजुङ

लेखकका अन्य रचना फेसबुक मार्फत पढ्न यहाँ थिच्नुहोस् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP