बालकविता : फूल फुलेको – Sarangi News

फूल फुलेको (बालकविता)

    – रमेशचन्द्र घिमिरे

कति राम्रो रातो छ, सिम्रिकको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

बास्ना आउँदा हरर्र मनै भुलेको

फूलबारीमा रातो रातो फूल फुलेको

 

सुकिलो र सेतो छ, बादलुको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

बगैँचामा पुतली हेर डुलेको

फूलबारीमा सेतो सेतो फूल फुलेको

 

उज्यालो र नीलो छ, आकाशको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

हेर आकाश झर्लक्क कस्तो खुलेको

फूलबारीमा नीलो नीलो फूल फुलेको

 

आहा कस्तो पहेँलो, झुल्केघामको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

धानको बाला झुलेझैँ लाग्छ झुलेको

फूलबारीमा पहेँलो फूल फुलेको

 

घामपानीमा देखिने इन्द्रेनीको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

एकै ठाउँमा सातवटै रङ्ग घुलेको

फूलबारीमा रङ्गीचङ्गी फूल फुलेको

       —–भोर्लेटार, लमजुङ

लेखकका अन्य रचनाहरू हेर्न यहाँ छुनुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP