Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालकविता : फूल फुलेको – Sarangi News

फूल फुलेको (बालकविता)

    – रमेशचन्द्र घिमिरे

कति राम्रो रातो छ, सिम्रिकको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

बास्ना आउँदा हरर्र मनै भुलेको

फूलबारीमा रातो रातो फूल फुलेको

 

सुकिलो र सेतो छ, बादलुको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

बगैँचामा पुतली हेर डुलेको

फूलबारीमा सेतो सेतो फूल फुलेको

 

उज्यालो र नीलो छ, आकाशको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

हेर आकाश झर्लक्क कस्तो खुलेको

फूलबारीमा नीलो नीलो फूल फुलेको

 

आहा कस्तो पहेँलो, झुल्केघामको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

धानको बाला झुलेझैँ लाग्छ झुलेको

फूलबारीमा पहेँलो फूल फुलेको

 

घामपानीमा देखिने इन्द्रेनीको रङ्ग

त्यही रङ्ग मिसाउने हो मैले फूलसँग

एकै ठाउँमा सातवटै रङ्ग घुलेको

फूलबारीमा रङ्गीचङ्गी फूल फुलेको

       —–भोर्लेटार, लमजुङ

लेखकका अन्य रचनाहरू हेर्न यहाँ छुनुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP