Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालकविताः हाम्रा लोकबाजा – Sarangi News

हाम्रा लोकबाजा (बालकविता)

     – राजिन पनेरू

प्यारा साना नानी हो, चिनौँ लोकबाजा

लोकबाजा चिनेपछि खानुपर्छ खाजा ।

फुकेर बज्छ शङ्ख, सारङ्गी बज्छ रेटेर

टुङ्ना बजाउनू भनौँला हिमालीलाई भेटेर ।। (१)

 

    घिन्ताङ–घिन्ताङ मादल, मुरली बज्यो तिरिरी

    नगरा बज्यो ढङ्ढङ्, हावा चल्यो सिरिरी ।

    पञ्चेबाजामा पर्छन् नरसिङ्गा र ढोलकी

    मुर्चुङ्गा र बिनायो किराँतीकै होला कि ।। (२)

 

एउटै तारले बज्छ रे ! एकतारे बाजा साथी हो

सोरठी मादल बजाउने गुरुङ, मगर जाति हो ।

गाडा तान्ने गोरुले बयलघन्ट बजाउँछ

पञ्चेबाजा बज्यो कि त मनै मेरो रमाउँछ ।। (३)

 

धिमालको दिवालीमा उर्नी बाजा बजाउने

धेरै लोकबाजा छन् मनभित्र सजाउने

अरू थुप्र्रै बाजा छन् भोलि–पर्सि चिनौँला

लोकबाजाको रक्षा गर्दै सँगैसँगै हिँडौँला ।। (४)

          ———————-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP