बालकविताः हाम्रा लोकबाजा – Sarangi News

हाम्रा लोकबाजा (बालकविता)

     – राजिन पनेरू

प्यारा साना नानी हो, चिनौँ लोकबाजा

लोकबाजा चिनेपछि खानुपर्छ खाजा ।

फुकेर बज्छ शङ्ख, सारङ्गी बज्छ रेटेर

टुङ्ना बजाउनू भनौँला हिमालीलाई भेटेर ।। (१)

 

    घिन्ताङ–घिन्ताङ मादल, मुरली बज्यो तिरिरी

    नगरा बज्यो ढङ्ढङ्, हावा चल्यो सिरिरी ।

    पञ्चेबाजामा पर्छन् नरसिङ्गा र ढोलकी

    मुर्चुङ्गा र बिनायो किराँतीकै होला कि ।। (२)

 

एउटै तारले बज्छ रे ! एकतारे बाजा साथी हो

सोरठी मादल बजाउने गुरुङ, मगर जाति हो ।

गाडा तान्ने गोरुले बयलघन्ट बजाउँछ

पञ्चेबाजा बज्यो कि त मनै मेरो रमाउँछ ।। (३)

 

धिमालको दिवालीमा उर्नी बाजा बजाउने

धेरै लोकबाजा छन् मनभित्र सजाउने

अरू थुप्र्रै बाजा छन् भोलि–पर्सि चिनौँला

लोकबाजाको रक्षा गर्दै सँगैसँगै हिँडौँला ।। (४)

          ———————-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP