Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालकविता : नानी बाबु कति राम्रो – Sarangi News

नानी बाबु कति राम्रो : बालकविता

      – गङ्गा कर्माचार्य पौडेल

नानी बाबु कति राम्रो पोक्चे-पोक्चे गाला
आँखा राम्रो नाक राम्रो चुलबुले चाला
सररर हावा आयो तिमीलाई छुन
आँगनमा ओर्लियो आकाशबाट जून

कति माया लाग्दा छौ है कति राम्रो पन
सिक्ने बुझ्ने बेला तिम्रो ज्ञान तिम्रो धन
पाकेटको खाजा भन्दा घरकै ताजा जाती
पौरख गरी बाँच्नेको हुन्छ ठूलो छाती

इमानदार मिहिनेत गर्ने मान्छे राम्रो
ठूलो मान्छे भन्दा असल बन्नु अझै राम्रो
जीवनको गोरेटोमा अघि बढ्ने छौ
एक दिन  जसै सफलताको शिखर चढ्ने छौ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP