बालकविता : नानी बाबु कति राम्रो – Sarangi News

नानी बाबु कति राम्रो : बालकविता

      – गङ्गा कर्माचार्य पौडेल

नानी बाबु कति राम्रो पोक्चे-पोक्चे गाला
आँखा राम्रो नाक राम्रो चुलबुले चाला
सररर हावा आयो तिमीलाई छुन
आँगनमा ओर्लियो आकाशबाट जून

कति माया लाग्दा छौ है कति राम्रो पन
सिक्ने बुझ्ने बेला तिम्रो ज्ञान तिम्रो धन
पाकेटको खाजा भन्दा घरकै ताजा जाती
पौरख गरी बाँच्नेको हुन्छ ठूलो छाती

इमानदार मिहिनेत गर्ने मान्छे राम्रो
ठूलो मान्छे भन्दा असल बन्नु अझै राम्रो
जीवनको गोरेटोमा अघि बढ्ने छौ
एक दिन  जसै सफलताको शिखर चढ्ने छौ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP