को खाई को खाई (बालकविता) – Sarangi News

को खाई को खाईः बालकविता

       – गङ्गा कर्माचार्य पौडेल

को खाई को खाई सुपुक्क

खाइ दे माम  कुप्लुक्क

थिरी  थिरी   गरिदे

चरी  आयो   हेरिदे

                   को खाई को खाई……..

हेर  सानी  नानी त

ताते गर्न थाली त

ढल पलाउँदै शरीर

निस्किन ढोका बाहिर

                  को खाई को खाई……

कोही गए समाउन

भन्छिन् नजिक् नआउन

भुइँमा लडिन् बुङ्लुङ्ग

नाकमा सिंगान तुर्लुङ्ग

                   को खाई को खाई…….

दिदी गइन् दडिडै

रुमालले नाक पुछ्दिँदै

दुहातले उचालिन्

पिढीमा ल्या बसालिन्

                  को खाई को खाई………

दाँत भरखर उम्रेका

कपाल छ घुम्रेका

ऊ मायाकी खानी हो

हाम्रो आँखाकी नानी हो

                  को खाई को खाई……

*****************

काठमाडौँ

नेपाली बालकविताका बारेमा थप पढ्न यहाँ  छुनुहोस्, पढ्नुहोस् र रमाउनुहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP