Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
को खाई को खाई (बालकविता) – Sarangi News

को खाई को खाईः बालकविता

       – गङ्गा कर्माचार्य पौडेल

को खाई को खाई सुपुक्क

खाइ दे माम  कुप्लुक्क

थिरी  थिरी   गरिदे

चरी  आयो   हेरिदे

                   को खाई को खाई……..

हेर  सानी  नानी त

ताते गर्न थाली त

ढल पलाउँदै शरीर

निस्किन ढोका बाहिर

                  को खाई को खाई……

कोही गए समाउन

भन्छिन् नजिक् नआउन

भुइँमा लडिन् बुङ्लुङ्ग

नाकमा सिंगान तुर्लुङ्ग

                   को खाई को खाई…….

दिदी गइन् दडिडै

रुमालले नाक पुछ्दिँदै

दुहातले उचालिन्

पिढीमा ल्या बसालिन्

                  को खाई को खाई………

दाँत भरखर उम्रेका

कपाल छ घुम्रेका

ऊ मायाकी खानी हो

हाम्रो आँखाकी नानी हो

                  को खाई को खाई……

*****************

काठमाडौँ

नेपाली बालकविताका बारेमा थप पढ्न यहाँ  छुनुहोस्, पढ्नुहोस् र रमाउनुहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP