Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बुढी औँला (बालकविता) – Sarangi News

बुढी औँला : बालकविता

  – रमेशचन्द्र घिमिरे

देखेनौ र मलाई छोड मेरो ठाम्

ठूल्दाजै हो नातो, बुढी औँला नाम

 

तिमी लुरे भाटा म हुँ मोटो थाम

डल्लो-डल्लो होचो, बुढी ओैँला नाम

 

मलाई छोड्यौ भने पूरा हुन्न काम

खाँचो पर्दा सम्झ, बुढी ओैँला नाम

 

ल ल कसो गरी मुछ्छौ बुबु माम ?

मै चाहिन्छ आखिर, बुढी औँला नाम

 

मान्छेका पो नाम, हुन्छन् राम र श्याम

म जाबाको हरे, बुढी औँला नाम !

**************************

लेखक र अन्य साहित्यकारका रचना पढ्न यस लिङ्कमा जानुहोला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP