बुढी औँला (बालकविता) – Sarangi News

बुढी औँला : बालकविता

  – रमेशचन्द्र घिमिरे

देखेनौ र मलाई छोड मेरो ठाम्

ठूल्दाजै हो नातो, बुढी औँला नाम

 

तिमी लुरे भाटा म हुँ मोटो थाम

डल्लो-डल्लो होचो, बुढी ओैँला नाम

 

मलाई छोड्यौ भने पूरा हुन्न काम

खाँचो पर्दा सम्झ, बुढी ओैँला नाम

 

ल ल कसो गरी मुछ्छौ बुबु माम ?

मै चाहिन्छ आखिर, बुढी औँला नाम

 

मान्छेका पो नाम, हुन्छन् राम र श्याम

म जाबाको हरे, बुढी औँला नाम !

**************************

लेखक र अन्य साहित्यकारका रचना पढ्न यस लिङ्कमा जानुहोला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP