Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
चरी मीत लाउँछः बालकविता – Sarangi News

बालकविता : चरी मीत लाउँछ

                   -छायादत्त न्यौपाने

उडी उडी आएका

चरी बरी वनमा

भाले पाेथी मिलेका

चल्ला चल्ली गुँडमा

 

डाली डाली घुमेर

चरी मीत लाउँछ

काफल पाक्याे भनेर

कोइली गीत गाउँछ

 

घाम लाग्यो घमाइलाे

शीत थाेपा पातमा

वन पाखा रमाइलो

बाबा आमा साथमा

 

हावा चल्याे सिरिरी

बाजा बज्यो टिनिनी

नाच चरी फिरिरी

मन खुसी हुन्छ नि

 

यता उता हेरेर

स्वच्छ सफा गरेर

साथी भाइ जुटेर

अघि हिँडौं मिलेर !

**************

पर्वत (हालः काठमाडौँ)

सृजनाको डबलीमा बालसाहित्यकार छायादत्त न्यौपानेको धारणा सुन्न यो लिङ्क खोल्नुहोला ।

लेखक साइनो कविताका परिकल्पनाकार समेत हुनुहुन्छ । साइनो कविता के हो त ? यसका बारेमा थप बुझ्न चाहिँ यो अर्को लिङ्क खोल्नैपर्ने हुन्छ ।

फेसबुक लिङ्क छायादत्त न्यौपाने

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP