चरी मीत लाउँछः बालकविता – Sarangi News

बालकविता : चरी मीत लाउँछ

                   -छायादत्त न्यौपाने

उडी उडी आएका

चरी बरी वनमा

भाले पाेथी मिलेका

चल्ला चल्ली गुँडमा

 

डाली डाली घुमेर

चरी मीत लाउँछ

काफल पाक्याे भनेर

कोइली गीत गाउँछ

 

घाम लाग्यो घमाइलाे

शीत थाेपा पातमा

वन पाखा रमाइलो

बाबा आमा साथमा

 

हावा चल्याे सिरिरी

बाजा बज्यो टिनिनी

नाच चरी फिरिरी

मन खुसी हुन्छ नि

 

यता उता हेरेर

स्वच्छ सफा गरेर

साथी भाइ जुटेर

अघि हिँडौं मिलेर !

**************

पर्वत (हालः काठमाडौँ)

सृजनाको डबलीमा बालसाहित्यकार छायादत्त न्यौपानेको धारणा सुन्न यो लिङ्क खोल्नुहोला ।

लेखक साइनो कविताका परिकल्पनाकार समेत हुनुहुन्छ । साइनो कविता के हो त ? यसका बारेमा थप बुझ्न चाहिँ यो अर्को लिङ्क खोल्नैपर्ने हुन्छ ।

फेसबुक लिङ्क छायादत्त न्यौपाने

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP