Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
मेरो गाउँ ( बालकविता) – Sarangi News

मेरो गाउँ : बालकविता

              तेजप्रसाद खनाल

सानो सानो गाउँ मेरो

लाउँछु घुम्दै एक फेरो

रम्छु दसरी आँप पाक्दा

मीठो लाग्छ पाकी चाख्दा।

 

लिँची पाक्दा खान जाती

खाम्ला मकै भुट साथी

मीठो लाग्छ मलाई  मकैका फुला

हामी पनि बन्छौँ भविष्यमा ठूला।

 

गाउँमा साथीभाइ रमाउँछन्

मामाघर गई पैसा कमाउँछन्

पल्ला घरका अंकल हुनुहुन्छ शिक्षक

मलाई बन्न मन छ एक असल नर्स।

 

सबैले गर्छन् मेलापात अर्म र पर्म

नराम्रो काम गर्दैनन् मानेर सर्म

मनाउँछौँ चाडपर्व आपसमा मिली

यसपालिको तीजमा लगाउँला जूली।

 

कोही लगाउँछन् कुर्ता सुरुवाल

कोही भने लगाउँछन् मिनीस्कट

मलाई भने लगाउन मन पर्छ सधैँ

पायन्ट र टिसर्ट ।

 

 चारैतिर हरियाली मेरो गाउँ

प्यारो लाग्छ मलाई जन्मेको ठाउँ

मलाई भने मन पर्छ तीजको गीत

तीजमा मामाघर जान्छु आमासित।

             ***********

लमही दाङ।

लेखकको फेसबुक लिङ्कका लागि यहाँ  थिच्नुहोस् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP