Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
मेरो गाउँ ( बालकविता) – Sarangi News

मेरो गाउँ : बालकविता

              तेजप्रसाद खनाल

सानो सानो गाउँ मेरो

लाउँछु घुम्दै एक फेरो

रम्छु दसरी आँप पाक्दा

मीठो लाग्छ पाकी चाख्दा।

 

लिँची पाक्दा खान जाती

खाम्ला मकै भुट साथी

मीठो लाग्छ मलाई  मकैका फुला

हामी पनि बन्छौँ भविष्यमा ठूला।

 

गाउँमा साथीभाइ रमाउँछन्

मामाघर गई पैसा कमाउँछन्

पल्ला घरका अंकल हुनुहुन्छ शिक्षक

मलाई बन्न मन छ एक असल नर्स।

 

सबैले गर्छन् मेलापात अर्म र पर्म

नराम्रो काम गर्दैनन् मानेर सर्म

मनाउँछौँ चाडपर्व आपसमा मिली

यसपालिको तीजमा लगाउँला जूली।

 

कोही लगाउँछन् कुर्ता सुरुवाल

कोही भने लगाउँछन् मिनीस्कट

मलाई भने लगाउन मन पर्छ सधैँ

पायन्ट र टिसर्ट ।

 

 चारैतिर हरियाली मेरो गाउँ

प्यारो लाग्छ मलाई जन्मेको ठाउँ

मलाई भने मन पर्छ तीजको गीत

तीजमा मामाघर जान्छु आमासित।

             ***********

लमही दाङ।

लेखकको फेसबुक लिङ्कका लागि यहाँ  थिच्नुहोस् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP