Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
मुसलधारे पानी पर्‍यो ( बालकविता) – Sarangi News

मुसलधारे पानी पर्‍यो ( बालकविता)

     तेजप्रसाद खनाल

लामो खडेरी पछि ठुलो पानी पर्‍यो

वरपर चारैतिर भलपानी झर्‍यो ।

ठूलो पानी परेर होला नाम मुसलधारे

पल्लाघरे काकाले खेत समथर पारे।

 

पानी नपरी रोपाइँ रोकिएको थियो

मुसलधारे पानीले ठुलो राहत दियो।

सानो पानी पर्दा उठ्थे पानीका फोका

मुसलधारे पानीले बगायो फोहरका पोका।

 

चारैतिर पानी परी खेतमा रोपाइँ छायो

मुसलधारे पानीले हामीलाई ठुलो गुन लायो।

लामो खडेरी पछि मुसलधारे पानी आयो

मुसलधारे पानीले हामीलाई ठूलो गुन लायो।

 

कृषकहरु खुसी पर्दा मुसलधारे पानी

भएर होला रमाउने खेतबारीमा बानी।

********************************

लेखक लमही न.पा.५  लमही दाङ निवासी हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP