Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालगीतः आमासँग हाटमा – Sarangi News

आमासँग हाटमा… (बालगीत)

     – श्यामप्रसाद न्याैपाने

रमिता छ हाटमा हेर्न जान्छु म

आएपछि   घरमा गर्छु कक न

 

बुबुमाम  खाएर   नाना   लाएर

बसेँ बस बिसाैनी छेउमा आएर

टीँटीँ गर्दै दगुर्दै आउँछ बस पनि

आमासँगै   त्यसैमा चढेँ मै पनि

 

झ्यालतिरकाे सिटमा बसेँ रमाउँदै

बाहिर हेरेँ आमाकाे हात समाउँदै

 

हाट  जाने   मानिस   धेरै  रहेछन्

बसमा चढ्न नपाई हिँड्दै गएछन्

राेकेका   थे  बाटाेमा   धेरै जनाले

राेके   हुन्थ्याे  भनेथ्याे मेराे मनले

 

सररर   बसमा    रमाइलाे    भाे

हाट भर्न हिँडेकाे पैलाे पटक हाे

 

बाटाे  राम्रो हाटकाे  अग्लाअग्ला   घर

मान्छे हिँड्ने  अचाक्ली छैन  केही डर

खानेकुरा,   नाना   र   चाचा    पाइने

सबै कुरा पाइँदा रैछन् हाम्लाई चाहिने

 

रमाइलाे  भाे   हाटमा   घुम्न पाउँदा

खुशी लाग्याे आमासँग घुम्न आउँदा

************************************

लेखक सुनवल – १२, नवलपरासीका स्रष्टा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP