Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
नानीबाबुको सरसफाइः बालकविता – Sarangi News

नानीबाबुको सरसफाइ

              – नरिश्वर गौतम

कति राम्रो देखियो

मैले केश काटेको

बहिनीले कोरेर

फुर्के रिबन बाटेको ।।

 

काम गर्दा हातले

फोहोरमैला छोएको

साबुन र पानीले

मिचीमिची धोएको ।।

 

लामा नङ काटेको

जिउ सफा गरेको

दाँत पनि माझेको

म त चट्ट परेको ।।

 

बाआमाले पकाको

ताजा खाना खाएको

धोइधाई गरेको

सफा नाना लाएको ।।

 

जुत्ता टाई लगाएँ

किताब् कापी कलम

खाजा पानी घरकै

राखेँ मेरै झोलामा ।।

 

स्कुल जान भनेर

भएँ म त तयार

हिँड्छु हात समाई

छैन कुनै हतार ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP