Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
सोमबार , अषोज २७, २०८२
गजलकार मुक्त उदासलाई द्वारिका नेपाल गजल स्मृति पुरस्कार – Sarangi News

भरतपुर । गजल मञ्च, चितवनले पहिलो पटक प्रदान गर्न लागेको `द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०७९´ बाट युवा गजलकार मुक्त उदास सम्मानित हुने भएका छन् ।

पुरस्कारको राशी १०,०००/- रुपैयाँ र सम्मानपत्र रहेको छ । गजल मञ्च, चितवनका तत्कालीन अध्यक्ष द्वारिका नेपालको गत वर्षको असोज महिनामा मस्तिष्क घातका कारण निधन भएको थियो । `उहाँको प्रथम वार्षिकीको अवसर पारेर यो पुरस्कार स्थापना गरी प्रदान गर्न लागिएको हो´, गजल मञ्च चितवनका कार्यबाहक अध्यक्ष लेखराम सापकोटाले भने- `द्वारिका सरको सम्मानका लागि यो पुरस्कार स्थापना गरेका हौँ, नेपाली गजलका क्षेत्रमा योगदान दिएका युवा प्रतिभालाई छनोट गरेर हरेक वर्ष यो पुरस्कार प्रदान गरिने छ ।´ गजल मञ्च चितवनको नाममा कोष बनाएर सोही कोषबाट प्राप्त भएको वार्षिक ब्याजको रकमलाई पुरस्कारमा प्रयोग गरिने पनि सापकोटाले बताए ।

यो पुरस्कार आगामी शनिबार असोज २९ गते भरतपुरमा कार्यक्रम आयोजना गरी प्रदान गरिने छ । कार्यक्रममा गजलकार उदासले गजल वाचन गर्ने छन् । सोही दिन गजल मञ्च चितवनको अधिवेशन पनि हुँदै छ ।

चितवनको कालिका नगरपालिका -९, शक्तिखोर निवासी उदास डेढ दशकदेखि गजल लेखनमा सक्रिय छन् । उनले थुप्रै गीतहरू पनि लेखेका छन् । पिँजडा ब्याक अगेन, मेला र झिङ्गेदाउ जस्ता चलचित्रका लागि पनि उनले गीत लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP