Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
गजलकार मुक्त उदासलाई द्वारिका नेपाल गजल स्मृति पुरस्कार – Sarangi News

भरतपुर । गजल मञ्च, चितवनले पहिलो पटक प्रदान गर्न लागेको `द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०७९´ बाट युवा गजलकार मुक्त उदास सम्मानित हुने भएका छन् ।

पुरस्कारको राशी १०,०००/- रुपैयाँ र सम्मानपत्र रहेको छ । गजल मञ्च, चितवनका तत्कालीन अध्यक्ष द्वारिका नेपालको गत वर्षको असोज महिनामा मस्तिष्क घातका कारण निधन भएको थियो । `उहाँको प्रथम वार्षिकीको अवसर पारेर यो पुरस्कार स्थापना गरी प्रदान गर्न लागिएको हो´, गजल मञ्च चितवनका कार्यबाहक अध्यक्ष लेखराम सापकोटाले भने- `द्वारिका सरको सम्मानका लागि यो पुरस्कार स्थापना गरेका हौँ, नेपाली गजलका क्षेत्रमा योगदान दिएका युवा प्रतिभालाई छनोट गरेर हरेक वर्ष यो पुरस्कार प्रदान गरिने छ ।´ गजल मञ्च चितवनको नाममा कोष बनाएर सोही कोषबाट प्राप्त भएको वार्षिक ब्याजको रकमलाई पुरस्कारमा प्रयोग गरिने पनि सापकोटाले बताए ।

यो पुरस्कार आगामी शनिबार असोज २९ गते भरतपुरमा कार्यक्रम आयोजना गरी प्रदान गरिने छ । कार्यक्रममा गजलकार उदासले गजल वाचन गर्ने छन् । सोही दिन गजल मञ्च चितवनको अधिवेशन पनि हुँदै छ ।

चितवनको कालिका नगरपालिका -९, शक्तिखोर निवासी उदास डेढ दशकदेखि गजल लेखनमा सक्रिय छन् । उनले थुप्रै गीतहरू पनि लेखेका छन् । पिँजडा ब्याक अगेन, मेला र झिङ्गेदाउ जस्ता चलचित्रका लागि पनि उनले गीत लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 69 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP