Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
रमाइलो तिहार(बालकविता) – Sarangi News

बालकविताः रमाइलो तिहार

आउनु है दाजु छिट्टै
जहाँ भए पनि।
म त कुर्दै बसेकी छु
दिन गनी गनी।

सयपत्री मखमली
फुले ढकमक।
त्यसै वैली गयो भने
रोइदिन्छु म त।

सप्तरङ्गी टीका जम्मा
गरेकी छु मैले।
आऊ दाजु तिहारको
टीका भन्दा पैले।

माला उन्ने तरिका नि
सिकेकी छु मैले।
सप्तरङ्गी टीका भर्न
जानेकी हुँ ऐले।

सङ्घारमा ओखर दाना
फोर्नु पर्छ पैला।
शत्रु नास हुन्छन् अरे
जान्छ फोहर मैला।

आमा बाबा खुसी होलान्
म त अझै खुसी।
त्यै खुसीमा टीका लाउँला
आँगनमा बसी।

कुकुर अनि गाई,गोरु
काग पूजा गर्ने।
तिहारको बेला आयो
खुसियाली भर्ने।

देउसी भैलो खेल्नु पर्छ
सँगै मिलिजुली।
वल्लो पल्लो घर अनि
छिमेकमा डुली।

आऊ दाजु रमाउँला
सँगै बसी ऐले।
यो सालको तिहारको
टीकाभन्दा पैले।

मध्यनेपाल ७,रामबजार,
लमजुङ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP