Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
रमाइलो तिहार(बालकविता) – Sarangi News

बालकविताः रमाइलो तिहार

आउनु है दाजु छिट्टै
जहाँ भए पनि।
म त कुर्दै बसेकी छु
दिन गनी गनी।

सयपत्री मखमली
फुले ढकमक।
त्यसै वैली गयो भने
रोइदिन्छु म त।

सप्तरङ्गी टीका जम्मा
गरेकी छु मैले।
आऊ दाजु तिहारको
टीका भन्दा पैले।

माला उन्ने तरिका नि
सिकेकी छु मैले।
सप्तरङ्गी टीका भर्न
जानेकी हुँ ऐले।

सङ्घारमा ओखर दाना
फोर्नु पर्छ पैला।
शत्रु नास हुन्छन् अरे
जान्छ फोहर मैला।

आमा बाबा खुसी होलान्
म त अझै खुसी।
त्यै खुसीमा टीका लाउँला
आँगनमा बसी।

कुकुर अनि गाई,गोरु
काग पूजा गर्ने।
तिहारको बेला आयो
खुसियाली भर्ने।

देउसी भैलो खेल्नु पर्छ
सँगै मिलिजुली।
वल्लो पल्लो घर अनि
छिमेकमा डुली।

आऊ दाजु रमाउँला
सँगै बसी ऐले।
यो सालको तिहारको
टीकाभन्दा पैले।

मध्यनेपाल ७,रामबजार,
लमजुङ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP