गायक सुदिपको ‘यो मन दोमन’लाई अपार माया – Sarangi News

पुरन राजकाेटी मगर ।

गुल्मीको सत्यवती गाउँपालिका गाउँपालिका वडा नं ४ लिम्घाको एक्सिङ्गमा जन्मनु भएका सुदिप सिंजाली मगर विगत लामो समय देखि लोकगित संगितमा आफ्नो भविस्य खोज्दै आफ्नै मौलिक गितसंगितलाई जगेर्ना गर्दै अगाडि बढिरहेका छन् ।

बच्चादेखि नै लोकगित संगितलाई माया गर्ने मेलापात डाँडा पाखा धाउदा अरुका मन परेका गित गुनगुनाउने उनी अहिले भने आफ्नै लय शब्द स्वर मा ‘ यो मन दोमन ‘ एल्मवको गित आफ्नै नयाँ युट्युब च्यानल ‘Sudip Sinjali Magar‘ बाट सार्वजनिक गरेका छन् ।

गित हेर्नका लागी तल क्लिक गर्नुहाेस् :

उक्त गित ४ दिन अगाडि अर्थात् गत आइतबार आफ्नै नयाँ युट्युब च्यानल ‘ Sudip Sinjali Magar ‘ मा अप्लोड गरिएको थियो । अहिले यो समाचार तयार पार्दा सम्म युट्युबमा ८१ हजार माथि भ्युज र ६५० सस्क्राइब बटुलेको छ।

यो मौलिक झ्याउरे गितमा चर्चित मौलिक गायक प्रसाद खप्तरी मगर , बहुचर्चित गायिका जुना श्रीस मगर र स्वयं सुदिप सिंजाली मगरले शब्द र स्वर भरेका छन् । यो गितको निर्देशक दिप गुरुङले गरेका हुन् । एरेन्ज प्रसाद खप्तरी मगर को नै रहेको  गितको मोड्लिङमा रुपेस आले मगर, अन्जु गुरुङ सन्जना बुढा र टेक गुरुङ लगायत कलाकारहरु रहेका छन् ।

हरेक हिसाबले राम्रो बनेको याे मौलिक झ्याउरे गित हेर्न र सुन्नको लागि युट्युबमा गएर ‘ Sudip Sinjali Magar ‘ टाइप गरि सुन्न र हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP