Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
गायक सुदिपको ‘यो मन दोमन’लाई अपार माया – Sarangi News

पुरन राजकाेटी मगर ।

गुल्मीको सत्यवती गाउँपालिका गाउँपालिका वडा नं ४ लिम्घाको एक्सिङ्गमा जन्मनु भएका सुदिप सिंजाली मगर विगत लामो समय देखि लोकगित संगितमा आफ्नो भविस्य खोज्दै आफ्नै मौलिक गितसंगितलाई जगेर्ना गर्दै अगाडि बढिरहेका छन् ।

बच्चादेखि नै लोकगित संगितलाई माया गर्ने मेलापात डाँडा पाखा धाउदा अरुका मन परेका गित गुनगुनाउने उनी अहिले भने आफ्नै लय शब्द स्वर मा ‘ यो मन दोमन ‘ एल्मवको गित आफ्नै नयाँ युट्युब च्यानल ‘Sudip Sinjali Magar‘ बाट सार्वजनिक गरेका छन् ।

गित हेर्नका लागी तल क्लिक गर्नुहाेस् :

उक्त गित ४ दिन अगाडि अर्थात् गत आइतबार आफ्नै नयाँ युट्युब च्यानल ‘ Sudip Sinjali Magar ‘ मा अप्लोड गरिएको थियो । अहिले यो समाचार तयार पार्दा सम्म युट्युबमा ८१ हजार माथि भ्युज र ६५० सस्क्राइब बटुलेको छ।

यो मौलिक झ्याउरे गितमा चर्चित मौलिक गायक प्रसाद खप्तरी मगर , बहुचर्चित गायिका जुना श्रीस मगर र स्वयं सुदिप सिंजाली मगरले शब्द र स्वर भरेका छन् । यो गितको निर्देशक दिप गुरुङले गरेका हुन् । एरेन्ज प्रसाद खप्तरी मगर को नै रहेको  गितको मोड्लिङमा रुपेस आले मगर, अन्जु गुरुङ सन्जना बुढा र टेक गुरुङ लगायत कलाकारहरु रहेका छन् ।

हरेक हिसाबले राम्रो बनेको याे मौलिक झ्याउरे गित हेर्न र सुन्नको लागि युट्युबमा गएर ‘ Sudip Sinjali Magar ‘ टाइप गरि सुन्न र हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 69 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP