Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले नम्बर वान, माओवादीको बज्यो घण्टी : १० लाख मत गन्दा कुन दलको हिस्सा कति ? – Sarangi News

पाेखरा । प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मत गणना हुँदा नेकपा एमाले झण्डै एक तिहाइ हिस्साका साथ अग्रस्थानमा छ । एमालेले २ लाख ८४ हजार मत पाउँदा कांग्रेसले २ लाख ६२ हजार मत बटुलेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ ।

अहिलेसम्म पाएको मतलाई कुल सदर मत मानेर हिसाब निकाल्दा बढी मत ल्याउने १० दलमध्ये यी तीन दलबाहेक नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै थ्रेसहोल्ड कटाएका छन् । जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी शीर्ष १० स्थानमा रहे पनि तीन प्रतिशत कटाउन सकेका छैनन् ।

तीन प्रतिशत मत कटाउन नसक्ने दल समानुपातिकमा सिट बाँडफाँटको प्रतिस्पर्धामा रहँदैनन् र उनीहरुबाहेक बाँकी दलको मतगणना गरिन्छ ।

अहिलेसम्म कुल सदर भएको मतलाई आधार मान्दा पाँच दलले मात्रै तीन प्रतिशत मत कटाएका छन् । ती दलले मात्रै पाएको मत र अनुपात निकाल्दा एमालेले ३२.१५ प्रतिशत मत पाएको छ । कांग्रेसको २९.७३ प्रतिशत मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीको १५.५ र माओवादी केन्द्रको १४.५८ प्रतिशत मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब ८ प्रतिशत मत पाएको छ । अहिलेसम्म समानुपातिकतर्फ १० लाख ५ हजार बढी मतगणना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP