प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले नम्बर वान, माओवादीको बज्यो घण्टी : १० लाख मत गन्दा कुन दलको हिस्सा कति ? – Sarangi News

पाेखरा । प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मत गणना हुँदा नेकपा एमाले झण्डै एक तिहाइ हिस्साका साथ अग्रस्थानमा छ । एमालेले २ लाख ८४ हजार मत पाउँदा कांग्रेसले २ लाख ६२ हजार मत बटुलेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ ।

अहिलेसम्म पाएको मतलाई कुल सदर मत मानेर हिसाब निकाल्दा बढी मत ल्याउने १० दलमध्ये यी तीन दलबाहेक नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै थ्रेसहोल्ड कटाएका छन् । जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी शीर्ष १० स्थानमा रहे पनि तीन प्रतिशत कटाउन सकेका छैनन् ।

तीन प्रतिशत मत कटाउन नसक्ने दल समानुपातिकमा सिट बाँडफाँटको प्रतिस्पर्धामा रहँदैनन् र उनीहरुबाहेक बाँकी दलको मतगणना गरिन्छ ।

अहिलेसम्म कुल सदर भएको मतलाई आधार मान्दा पाँच दलले मात्रै तीन प्रतिशत मत कटाएका छन् । ती दलले मात्रै पाएको मत र अनुपात निकाल्दा एमालेले ३२.१५ प्रतिशत मत पाएको छ । कांग्रेसको २९.७३ प्रतिशत मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीको १५.५ र माओवादी केन्द्रको १४.५८ प्रतिशत मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब ८ प्रतिशत मत पाएको छ । अहिलेसम्म समानुपातिकतर्फ १० लाख ५ हजार बढी मतगणना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP