Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
फूल राम्रो फुलेछ : बालकविता – Sarangi News

 

फूल राम्रो फुलेछ  (बालकविता)

                       डा. मुकुन्दराज वाग्ले पथिक   

पोहोर साल रोपेको, फूल राम्रो फुलेछ

साना साना कोपिला, मज्जासित झुलेछ ।

 

भुर्र भुर्र उडेर, चरी पनि आएको

मिठोमिठो स्वरले, गीत राम्रो गाएको

रङ्गीचङ्गी फूलहरू, बगैंचामा फुलेका

चारो खोज्न चराहरू, यताउता डुलेका ।

 

फूल टिप्नु हुन्न है, प्रकृति नै रुन्छ रे

हरियाली भए त, स्वास्थ्य राम्रो हुन्छ रे

माया गरे रुखलाई, अक्सिजन दिन्छ रे

हाम्रो मन सुन्दर भए, विश्व सफा हुन्छ रे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP