Trend
मध्यनेपाल नगरपालिका एलिजाघाटमा ट्र्याक्टर दुर्घटना चालकको मृत्य।  ||   लालसेम अक्षयकोषबाट ९ विद्यार्थीलाई छात्रवृत्ति, संरक्षक मोतीलाल रोकाद्वारा वितरण  ||   एसईईको नतिजा : ६१.८१ प्रतिशत पास, ४८ हजारकाे ४ जीपीए, यसरी हेर्नुहाेस् नतिजा  ||   विद्योदय आविमा : रोपाइँसँगै सिकाइको रंगीन उत्सव (फाेटाे फिचर)  ||   गीतकार ममिला आइन् लाखौँ चोट लिएर… (भिडियोसहित)  ||   ‘दि भ्वाइस अफ विद्योदय’को दोस्रो अङ्क प्रकाशित: विद्यार्थीको रचनात्मकतामा नयाँ उचाइ  ||   नयाँ गीत लिएर आए आदर्श, मनमा तिम्रो फोटो छ… (भिडियो)  ||   विद्योदय आविमा साइबर अपराध, लागूऔषध र बालविवाह रोकथाम कार्यशाला सम्पन्न  ||  
बुधबार , असार १८, २०८२
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान – Sarangi News

जुना थापा

पोखरा । नेपाल राष्टिय शिक्षक संगठन कास्कीले प्रतिनिधि सभा र प्रदेश सभामा कास्कीबाट नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा कास्कीबाट निर्वाचित कास्कीका जनप्रतिनिधिहरुलाई मायाको चिनो र दोसल्ला ओढाइ बधाई, सम्मानसहित सफल कार्यकालको शुभकामना दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले संगठन विभाग प्रमुख तथा कास्की प्रदेश सभा १(१) बाट निर्वाचित प्रतिनिधि खगराज अधिकारीले शिक्षा र शिक्षक वर्ग समाजको सबैभन्दा माथि हुने भन्दै समाज परिवर्तनमा गुरुहरुको भूमिका अतुलनीय रहेको बताए । अधिकारीले सरकार र शिक्षकका बिचमा विगतमा भएका विभिन्न जायज माग र सम्झौताहरु कार्यान्वन गराउनेमा आफूले हरसम्भव प्रयास गर्ने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्टिय शिक्षक संगठन राष्टिय समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कुनै एक व्यक्तिले मावि तह र खरिदारको परीक्षामा नाम निकाल्दा खरिदारको जागिर रोज्ने परिस्थिति सरकारले सिर्जना गरेको हुनाले शिक्षणलाई आकर्षक पेसाका रुपमा स्थापित गराउन संगठनले पैरवी गर्दै नेपाल सरकारसँग विगतमा गरेका सम्झौता कार्यान्वयनका लागि दबाब दिने बताए । भण्डारीले दरबन्दी मिलान, इसिडी शिक्षक, राहत, साविक उच्च मावि, ग्रेड मिलान लगायतका शिक्षक हकहितका विषयमा संगठनले चर्को आवाज उठाउने बताए ।

कार्यक्रममा कास्की क्षेत्र नं. २ बाट निर्वाचित विद्या भट्टराई, कास्की क्षेत्र नं. ३ बाट निर्वाचित दामोदर पौडेल वैरागी, प्रदेश सभा १.२ बाट निर्वाचित वेदबहादुर गुरुड (श्याम)ले संगठनले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपाल राष्टिय शिक्षक संगठन पूर्व केन्द्र्रीय अध्यक्ष डा. बाबुराम अधिकारी, शिक्षक महासंघ राष्टिय सदस्य लोचना अधिकारी, पेसागत महासंघ कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीलगायत कास्कीका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP