Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान – Sarangi News

जुना थापा

पोखरा । नेपाल राष्टिय शिक्षक संगठन कास्कीले प्रतिनिधि सभा र प्रदेश सभामा कास्कीबाट नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा कास्कीबाट निर्वाचित कास्कीका जनप्रतिनिधिहरुलाई मायाको चिनो र दोसल्ला ओढाइ बधाई, सम्मानसहित सफल कार्यकालको शुभकामना दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले संगठन विभाग प्रमुख तथा कास्की प्रदेश सभा १(१) बाट निर्वाचित प्रतिनिधि खगराज अधिकारीले शिक्षा र शिक्षक वर्ग समाजको सबैभन्दा माथि हुने भन्दै समाज परिवर्तनमा गुरुहरुको भूमिका अतुलनीय रहेको बताए । अधिकारीले सरकार र शिक्षकका बिचमा विगतमा भएका विभिन्न जायज माग र सम्झौताहरु कार्यान्वन गराउनेमा आफूले हरसम्भव प्रयास गर्ने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्टिय शिक्षक संगठन राष्टिय समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कुनै एक व्यक्तिले मावि तह र खरिदारको परीक्षामा नाम निकाल्दा खरिदारको जागिर रोज्ने परिस्थिति सरकारले सिर्जना गरेको हुनाले शिक्षणलाई आकर्षक पेसाका रुपमा स्थापित गराउन संगठनले पैरवी गर्दै नेपाल सरकारसँग विगतमा गरेका सम्झौता कार्यान्वयनका लागि दबाब दिने बताए । भण्डारीले दरबन्दी मिलान, इसिडी शिक्षक, राहत, साविक उच्च मावि, ग्रेड मिलान लगायतका शिक्षक हकहितका विषयमा संगठनले चर्को आवाज उठाउने बताए ।

कार्यक्रममा कास्की क्षेत्र नं. २ बाट निर्वाचित विद्या भट्टराई, कास्की क्षेत्र नं. ३ बाट निर्वाचित दामोदर पौडेल वैरागी, प्रदेश सभा १.२ बाट निर्वाचित वेदबहादुर गुरुड (श्याम)ले संगठनले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपाल राष्टिय शिक्षक संगठन पूर्व केन्द्र्रीय अध्यक्ष डा. बाबुराम अधिकारी, शिक्षक महासंघ राष्टिय सदस्य लोचना अधिकारी, पेसागत महासंघ कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीलगायत कास्कीका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP