शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पौडेल – Sarangi News

जुना थापा

पोखरा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभा तथा चौँथो अधिवेसनले सर्वसम्मत रुपमा बसन्धरा पौडेललाई अध्यक्षमा चयन गरेको छ ।

अधिवेसनले उपाध्यक्षमा बाबुराम भुजेल, सचिवमा दामोदर तिमिल्सिना, कोषाध्यक्षमा पुरुषोत्तम लामिछाने, सदस्यहरुमा हेम प्रसाद तिमिल्सिना, अनिता राई, निर्मला गिरी, केशब ढकाल, मोहम्मद मोहसिन मिया , राधा रानाभाट, रमेश सुवेदीलाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा गोविन्द सुवेदी सदस्यमा  द्धय पदम प्रसाद सुवेदी, लक्ष्मी मल्ल ठकुरीलाई चयन गरेको छ ।

कार्यक्रममा नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा सहकारी विशेषज्ञ तेजनारायण अधिकारीले शिक्षकहरुले सहकारी संस्था चलाउनु र एघारौँ साधारणसभा सम्म आइपुग्नु भनेको शिक्षक आर्थिक सुशासनमा पनि अब्बल रहेको संकेत भन्दै अधिवेसन र नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए ।

शिक्षक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समितिको प्रतिवेदन अध्ययन अनुसन्धान तथा समन्वय समिति संयोजक हेमप्रसाद तिमिल्सिनाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष नेपाल प्रकाश अधिकारीले र सुझाव तथा सल्लाह नेपाल राष्टिय शिक्षक संगठन कास्कीका सचिव तीर्थराज ढकालले राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा कास्की १.१ बाट निर्वाचित खगराज अधिकारी, नेपाल राष्टिय शिक्षक संगठन विष्णुप्रसाद भण्डारी, नेपाल राष्टिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, शिक्षक महासंघ राष्टिय समिति सदस्य लोचना अधिकारीलगायत्ले बोलेका थिए ।

नेपाल शिक्षक महासंघ राष्टिय समिति सदस्य लोचना अधिकारीको संयोजकत्वमा कानुनी सल्लाहकार वामदेव पौडेल, शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल रहेको निर्वाचन समितिले नव निर्वाचित सञ्चालक समितिको घोषणा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP