Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पौडेल – Sarangi News

जुना थापा

पोखरा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभा तथा चौँथो अधिवेसनले सर्वसम्मत रुपमा बसन्धरा पौडेललाई अध्यक्षमा चयन गरेको छ ।

अधिवेसनले उपाध्यक्षमा बाबुराम भुजेल, सचिवमा दामोदर तिमिल्सिना, कोषाध्यक्षमा पुरुषोत्तम लामिछाने, सदस्यहरुमा हेम प्रसाद तिमिल्सिना, अनिता राई, निर्मला गिरी, केशब ढकाल, मोहम्मद मोहसिन मिया , राधा रानाभाट, रमेश सुवेदीलाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा गोविन्द सुवेदी सदस्यमा  द्धय पदम प्रसाद सुवेदी, लक्ष्मी मल्ल ठकुरीलाई चयन गरेको छ ।

कार्यक्रममा नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा सहकारी विशेषज्ञ तेजनारायण अधिकारीले शिक्षकहरुले सहकारी संस्था चलाउनु र एघारौँ साधारणसभा सम्म आइपुग्नु भनेको शिक्षक आर्थिक सुशासनमा पनि अब्बल रहेको संकेत भन्दै अधिवेसन र नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए ।

शिक्षक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समितिको प्रतिवेदन अध्ययन अनुसन्धान तथा समन्वय समिति संयोजक हेमप्रसाद तिमिल्सिनाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष नेपाल प्रकाश अधिकारीले र सुझाव तथा सल्लाह नेपाल राष्टिय शिक्षक संगठन कास्कीका सचिव तीर्थराज ढकालले राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा कास्की १.१ बाट निर्वाचित खगराज अधिकारी, नेपाल राष्टिय शिक्षक संगठन विष्णुप्रसाद भण्डारी, नेपाल राष्टिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, शिक्षक महासंघ राष्टिय समिति सदस्य लोचना अधिकारीलगायत्ले बोलेका थिए ।

नेपाल शिक्षक महासंघ राष्टिय समिति सदस्य लोचना अधिकारीको संयोजकत्वमा कानुनी सल्लाहकार वामदेव पौडेल, शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल रहेको निर्वाचन समितिले नव निर्वाचित सञ्चालक समितिको घोषणा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP