Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
भाेर्लेटार खानेपानी मतदान सम्पन्न, मतगणना भोली – Sarangi News

सुरज गुरुङ 

लमजुङ (भोर्लेटार) भाेर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको‌ मतदान सम्पन्न भएको छ।

ईशानेस्वर माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान ८ बजेदेखि शुरु भएको मतदान बेलुकी ४ बजेसम्म भएको थियो। ८४० कुल उपभोक्ता रहेकोमा ६१० मत खसेको छ।
अध्यक्ष शिवलाल श्रेष्ठको प्यानलमा उपाध्यक्षमा ज्ञान बहादुर मल्ल महिला उपाध्यक्षमा यशोदा न्यौपाने, सचिव गेह बहादुर बिक, कोषाध्यक्ष रमेश घिमिरे, सदस्य विकासराज पौडेल महिला सदस्य गिता कुमारी गुरुङलगाएका छ्न । अध्यक्ष रामकृष्ण कुवंरको प्यानलमा उपाध्यक्ष नर बहादुर दुरा महिला उपाध्यक्ष पुर्णिमा देवी रानाभाट घर्ती सचिव सरोज पौडेल कोषाध्यक्ष कुम बहादुर गुरुङ धिंगल सदस्य बुद्दि बहादुर क्षेत्री र महिला सदस्य उमेदवारमा रुपा नेपालीको प्रतिष्पर्धा रहेको छ।

मतदान सौहार्दपूर्ण वातावरणमा र शान्तिपुर्ण ढंगले भएको थियो। निर्वाचन मण्डल र एजेन्टहरुको रहोवरमा मतपेटिका शिलबन्दि गरी ईप्रका भोर्लेटारका प्रमुख लक्ष्मण पचभैयाको नेत्तृत्वमा राखिएको छ ।  मतगणना भोलि बिहान ७ बजेदेखि बौद्ध सेवा समितिको हलमा हुने निर्वाचन अधिकृत ईशानेस्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण घिमिरेले सारंगी न्युजलाई जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP