भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको‌ अध्यक्षमा‌ पुन: श्रेष्ठ बिजयी – Sarangi News

सुरज गुरुङ
लमजुङ (भोर्लेटार) भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको‌ निर्वाचनमा पुन: शिवलाल श्रेष्ठ निर्वाचित भएका छन। यस अघिको कोरोनाकाल समेतको गरेर पाँच बर्षे कार्यकालको पदावधि सम्हालेका थिए।

अध्यक्ष शिवलाल श्रेष्ठ र रामकृष्ण कुवंरको प्यानलको‌ प्रतिष्पर्धा रहेको थियो। निर्वाचनमा शिवलाल श्रेष्ठको प्यानलबाट सचिव बाहेक सबैले जित हासिल गरेको छ। अध्यक्ष रामकृष्ण कुंवरको प्यानलबाट सचिव पदले मात्र जित हासिल गरेको छ। ८४० उपभोक्ता रहेको उपभोक्ता समितिको निर्वाचनमा ६१० मत खसेको थियो।

अध्यक्षमा शिवलाल श्रेष्ठले ३६४ मत र निकटतम प्रतिद्वन्द्वी रामकृष्ण कुंवरले २२९ मत, उपाध्यक्ष पदमा ज्ञानराज मल्लले ३०६ मत निकटतम प्रतिद्वन्द्वी नर बहादुर दुराले २५७ मत महिला उपाध्यक्षमा यशोदा न्यौपानेले ४०१ मत र निकटतम प्रतिद्वन्द्वी पुर्णिमा देवी रानाभाट घर्तीले १८३ मत सचिव पदमा सरोज पौडेलले ३२९ मत र निकटतम प्रतिद्वन्द्वी गेह बहादुर बिकले २५१ मत कोषाध्यक्ष रमेश घिमिरेले २९५ मत र निकटतम प्रतिद्वन्द्वी कुम बहादुर गुरुङ धिंगलले २८१ मत खुला सदस्य तर्फ विकासराज पौडेलले ३७२ मत र निकटतम प्रतिद्वन्द्वी बुद्दि बहादुर क्षेत्रीले २०२ मत र महिला सदस्यमा गिता कुमारी गुरुङले ३१८ र निकटतम प्रतिद्वन्द्वी रुपा नेपालीले २५९ मत प्राप्त गरेका थिए।

निर्वाचित उमेदवारहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदै निर्वाचन अधिकृत रामकृष्ण घिमिरे ज्यूले प्रमाण पत्र वितरण गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP