Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको‌ अध्यक्षमा‌ पुन: श्रेष्ठ बिजयी – Sarangi News

सुरज गुरुङ
लमजुङ (भोर्लेटार) भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको‌ निर्वाचनमा पुन: शिवलाल श्रेष्ठ निर्वाचित भएका छन। यस अघिको कोरोनाकाल समेतको गरेर पाँच बर्षे कार्यकालको पदावधि सम्हालेका थिए।

अध्यक्ष शिवलाल श्रेष्ठ र रामकृष्ण कुवंरको प्यानलको‌ प्रतिष्पर्धा रहेको थियो। निर्वाचनमा शिवलाल श्रेष्ठको प्यानलबाट सचिव बाहेक सबैले जित हासिल गरेको छ। अध्यक्ष रामकृष्ण कुंवरको प्यानलबाट सचिव पदले मात्र जित हासिल गरेको छ। ८४० उपभोक्ता रहेको उपभोक्ता समितिको निर्वाचनमा ६१० मत खसेको थियो।

अध्यक्षमा शिवलाल श्रेष्ठले ३६४ मत र निकटतम प्रतिद्वन्द्वी रामकृष्ण कुंवरले २२९ मत, उपाध्यक्ष पदमा ज्ञानराज मल्लले ३०६ मत निकटतम प्रतिद्वन्द्वी नर बहादुर दुराले २५७ मत महिला उपाध्यक्षमा यशोदा न्यौपानेले ४०१ मत र निकटतम प्रतिद्वन्द्वी पुर्णिमा देवी रानाभाट घर्तीले १८३ मत सचिव पदमा सरोज पौडेलले ३२९ मत र निकटतम प्रतिद्वन्द्वी गेह बहादुर बिकले २५१ मत कोषाध्यक्ष रमेश घिमिरेले २९५ मत र निकटतम प्रतिद्वन्द्वी कुम बहादुर गुरुङ धिंगलले २८१ मत खुला सदस्य तर्फ विकासराज पौडेलले ३७२ मत र निकटतम प्रतिद्वन्द्वी बुद्दि बहादुर क्षेत्रीले २०२ मत र महिला सदस्यमा गिता कुमारी गुरुङले ३१८ र निकटतम प्रतिद्वन्द्वी रुपा नेपालीले २५९ मत प्राप्त गरेका थिए।

निर्वाचित उमेदवारहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदै निर्वाचन अधिकृत रामकृष्ण घिमिरे ज्यूले प्रमाण पत्र वितरण गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP