Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
चन्द्रप्रभाले जित्यो रूपाको राष्ट्रपति रनिङ शिल्ड – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिकाको यस वर्षको राष्ट्रपति रनिङ शिल्ड चन्द्रप्रभा माविले जितेको छ ।

शुक्रबार सुरु भई शनिबार सम्पन्न प्रतियोगितामा गाउँपालिकाभित्रका १० ओटा माध्यमिक विद्यालयले १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । चन्द्रप्रभाले ४ स्वर्ण, १ रजत र ३ कास्यसहित प्रथम भएर रनिङ शिल्ड हात पारेको हो । यसै गरी ४ स्वर्ण, १ रजत र १ कास्यसहित कालिका मावि दोस्रो हुँदा ३ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको विश्वशान्ति मावि तेस्रो भएको थियो ।

यसै गरी शिवालय माविले २ स्वर्ण, ४ कास्य र १ रजत, रूपाज्योति माविले १ स्वर्ण, २ रजत र २ कास्य, पृथ्वीरूपा माविले ३ रजत र २ कास्य, गाउँफर्क माविले १ रजत र १ कास्य तथा जनता मावि र रामकोट माविले १/१ कास्य पदक जितेका रूपा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्दिप पौडेलले जानकारी दिए ।

रूपा गाउँपालिका, वडा नम्बर ६ का वडा अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रूपाले सबै क्षेत्रमा समृद्धिको अभियान सञ्चालन गरिरहेको बताए । उनले खेलकुदले युवा तथा विद्यार्थीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण सहयोग गर्ने बताउँदै आगामी वर्ष राष्ट्रपति रनिङ शिल्डलाई अझै व्यवस्थित बनाइने जानकारी दिए । गाउँपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष अध्यक्ष कप भलिबल प्रतियोगितासमेत सञ्चालन गर्दै आएको छ ।

प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयहरूलाई गाउँपालिकाकी उपाध्यक्ष लालसुब्ब गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गाना, रामकोट माविका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने, कालिका माविका प्रधानाध्यापक ज्ञानेन्द्र ढुङ्गाना, चन्द्रप्रभा माविका प्रधानाध्यापक भोलानाथ पौडेल, गाउँफर्क माविका प्रधानाध्यापक नारायणप्रसाद सुवेदीलगायतले पुरस्कार, प्रमाण पत्र र मेडल वितरण गरेका थिए ।

शिक्षा शाखाका प्रास बृहस्पति अधिकारीका अनुसार प्रतियोगितामा भलिबल, हाइजम्प, लङजम्प, त्रिपल जम्प, विभिन्न दूरीका दौड, सटपुटलगायतका खेलहरूमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।

सोही अवसरमा आर्थिक वर्ष २०७८/०७९ को उत्कृष्ट विद्यालय घोषित रूपाज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मनिराम कडेल, अध्यक्ष देगेन्द्रकुमार गुरुङलगायतलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP