Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
 बलेवा सेवा समाज जापानकाे विरामी पन्तलाई दुइ लाख बढी आर्थिक सहयोग  – Sarangi News

 जापान । बलेवा सेवा समाज जापानले दुर्घटनामा परि घाइते भएका बानपा-१३, पैयुपाँटा पाठकथर निवासी सुनिल पन्तलाई दुइ लाख बढी जापानिज यन आर्थिक सहयोग  गरेकाे छ ।

बाा ना पा १३ पैयुपाटा पाठकथर निवासी नारायण पन्तका छोरा ईश्वर पन्त (सुनील) अध्ययनको शिलशिलामा  जापानको नागोयामा बस्दै थिए । २०२२ डिसेम्बर ३० तारिक राती १२ बजे  कामबाट फर्कने क्रममा साईकल दुर्घटनामा परि घुडामा गम्भीर चोट लागे पछि अस्पताल भर्ना गरिएकाे थियाे ।  २०२३ जनवरी ११ तारिक घुडामा स्टिल राखि अपरेशन गर्दा लाग्ने खर्चमा सहयाेग हाेस भनेर  समाजले सहयाेग स‌कलन अभियान स‌चालन गरिएकाे संरक्षक महेन्द्र पिसीलाई जानकारी दिनुभयाे ।

 पन्तलाई पूर्ण रूपमा निको हुन करीब ६ महिना लाग्ने बताइएकाे छ । जापानबासी बलेवाली र सबै जापानमा रहनु हुने सहयोगी मन हरुलाई सहयोगको अपिल गर्दै बलेवा सेवा समाज- जापानबाट अभियान संचालन गरिएको समाजका अध्यक्ष टिकाराम रिजाल बिमलले बताउनु भयो  । अध्यक्ष बिमलले  सम्पूर्ण सहयोगी मनहरु र अभियानमा अहोरात्र खटि रकम जम्मा गर्न सहयोग पुराउनु भएका बलेवा सेवा सेवा जापानका संरक्षक महेन्द्र पिसी ज्युलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।

स‌कलित रकम  बिरामी सुनिल पन्तको जापान पोस्ट बैंकको खातामा जम्मा गरेको  समाजका कोषाध्यक्ष महेन्द्र ढकालले जानकारी दिनुभयो  । समाजका महासचिब अर्जुन लामिछानेले पिडित बिरामी सुनील पन्तको बाँकी समय शुभ रहोस शिघ्र स्वास्थ्य लाभको कामना  गर्दै  सहयोगी मनहरू लाई हार्दिक धन्यबाद दिनुभयाे । यता विरामी पन्तले अभियान स‌ंचालन गर्ने स‌ंस्था र सहयाेग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 69 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP