बलेवा सेवा समाज जापानकाे विरामी पन्तलाई दुइ लाख बढी आर्थिक सहयोग  – Sarangi News

 जापान । बलेवा सेवा समाज जापानले दुर्घटनामा परि घाइते भएका बानपा-१३, पैयुपाँटा पाठकथर निवासी सुनिल पन्तलाई दुइ लाख बढी जापानिज यन आर्थिक सहयोग  गरेकाे छ ।

बाा ना पा १३ पैयुपाटा पाठकथर निवासी नारायण पन्तका छोरा ईश्वर पन्त (सुनील) अध्ययनको शिलशिलामा  जापानको नागोयामा बस्दै थिए । २०२२ डिसेम्बर ३० तारिक राती १२ बजे  कामबाट फर्कने क्रममा साईकल दुर्घटनामा परि घुडामा गम्भीर चोट लागे पछि अस्पताल भर्ना गरिएकाे थियाे ।  २०२३ जनवरी ११ तारिक घुडामा स्टिल राखि अपरेशन गर्दा लाग्ने खर्चमा सहयाेग हाेस भनेर  समाजले सहयाेग स‌कलन अभियान स‌चालन गरिएकाे संरक्षक महेन्द्र पिसीलाई जानकारी दिनुभयाे ।

 पन्तलाई पूर्ण रूपमा निको हुन करीब ६ महिना लाग्ने बताइएकाे छ । जापानबासी बलेवाली र सबै जापानमा रहनु हुने सहयोगी मन हरुलाई सहयोगको अपिल गर्दै बलेवा सेवा समाज- जापानबाट अभियान संचालन गरिएको समाजका अध्यक्ष टिकाराम रिजाल बिमलले बताउनु भयो  । अध्यक्ष बिमलले  सम्पूर्ण सहयोगी मनहरु र अभियानमा अहोरात्र खटि रकम जम्मा गर्न सहयोग पुराउनु भएका बलेवा सेवा सेवा जापानका संरक्षक महेन्द्र पिसी ज्युलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।

स‌कलित रकम  बिरामी सुनिल पन्तको जापान पोस्ट बैंकको खातामा जम्मा गरेको  समाजका कोषाध्यक्ष महेन्द्र ढकालले जानकारी दिनुभयो  । समाजका महासचिब अर्जुन लामिछानेले पिडित बिरामी सुनील पन्तको बाँकी समय शुभ रहोस शिघ्र स्वास्थ्य लाभको कामना  गर्दै  सहयोगी मनहरू लाई हार्दिक धन्यबाद दिनुभयाे । यता विरामी पन्तले अभियान स‌ंचालन गर्ने स‌ंस्था र सहयाेग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP