Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
छाँयामा परेको पौराणिक ईतिहास बोकेको जटेश्वर बुढा महादेव मन्दिर। – Sarangi News

रूपा गाउँपालिका (कास्की): जटेश्वर अर्थात बुढा महादेव मन्दिर रुपागाउपालिका १ स्यास्त्री कुनाको मुखमा अवस्थित छ। करापुटारको ईशानेश्वर महदेव मन्दीर देखी दक्षिण पश्चिम साढे एक किलोमिटर दुरिमा मादी नदिको किनारमा साँढे चार (४.५) रोपनी क्षेत्रफलमा रहेको छ।

उक्त मन्दिरमा शिवरात्रीमा ईशानेश्वर महादेव मन्दिरमा जसरी नै हरेक शिवारात्री र श्रावण महिनाको सोमबारहरुममा रुद्री पुजा पाठ गर्ने गरिन्छ। ईशानेश्वर महादेव मन्दिरकै स्वरुपमा पुर्व तर्फ ढोका फर्काएर मन्दिर पुरातत्व बिभागको सहयोगमा बनाईएको छ। साथै नजिकै पार्वाती र गणेशको मन्दिर समेत रहेको छ।

स्कन्द पुराणको स्वस्थानिमा उल्लेख भए अनुसार शिवले सतीदेविको पार्थिव शरीर बोकेर हिड्दा जटा अर्थात कपाल यस स्थानमा खसेर पतन भएको र शिव लिंग उत्पत्ती भएको किम्बदन्ती रहेको छ। साथै यस क्षेत्रमा सयौं बर्ष पहिले धान काट्ने समयमा खेतलाहरुले जटाधारी योगीको भेषमा पिपलको रुख तल बयर घारीमा देखिएको सोही योगी जटेश्वर महादेव भन्ने लोकोक्ती पनि रहेको छ।

मन्दिरको संरक्षण र बिकासको निम्ति २०६९ सालमा जटेश्वर महादेव मन्दिर क्षेत्र बिकास समिती केदार बहादुर गोदारको अध्यक्षतामा गठन गरिएको थियो। भने फल्याङकोटको कोट कालिका दरबार पुजा ब्यवस्थापन र जटेश्वर महादेव मन्दिरको पुजा अर्चना रीत रोहमा गोदार वंशका मुखियाहरुबाट हुँदै आएको र हालसम्म पनि ब्यवस्थापन पक्ष यहाँका गोदार वंशहरुले गर्ने प्रचलन रहेको छ।

जटेश्वर महादेव अर्थात बुढा महादेव मन्दिर पुरातत्व बिभागले ५२ लाखको लागतमा आर्थीक बर्ष ७७/७८ मा सम्पन्न गरेको थियो। त्यस्तै पार्वती मन्दिर गाउपालिकाको सहयोगमा रु ५ लाखको लागतमा आर्थिक बर्ष ७९/८० मा बनाईएको हो भने गणेश मन्दिर क्षेत्र बिकास समितिको सहयोगमा बनेको छ। त्यस्तै घर्मशाला, गेट,पर्खाल, बशाह , घन्टीहरु, त्रीशुल र तारवारहरु चन्दा दाता र गाउपालिकाको सहयोगमा बनेको क्षेत्र बिकास समितिका लेखा संयोजक प्रकाश खनालले बताउनु भएको थियो।

जती मात्रामा आर्थिक कोष सहयोग संकलन हुन पर्ने थियो सो संकलन नभएको र नरहेको हुनाले बिकास तथा थप संरचनाहरु निर्माण गर्न नसकिएको हालको क्षेत्र बिकास समितिका अध्यक्ष शिव बहादुर गोदारले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP