ओली : शिक्षाका सौदागर, निजी विद्यालयका ठेकेदार ! – Sarangi News
इमान्दार मानिसलाई अपमान भन्दा अर्को कुनै सजाय केही हुँदैन् ।
📌 प्रकाश अधिकारी
सार्वजनिक शिक्षा राज्यको दायित्व हो। तर ओली सरकारको प्राथमिकता सामुदायिक विद्यालय सुधार गर्नु होइन, निजी विद्यालयलाई मुनाफामुखी कम्पनी बनाएर लाखौं गरिब विद्यार्थीलाई शिक्षाबाट बञ्चित पार्नु हो। ओलीले पटक–पटक आफ्नो भाषणमा निजी विद्यालयको स्तुति गाएका छन्, तर सामुदायिक विद्यालयलाई चाहिँ योग्य शिक्षक नै नचाहिने भन्दै अपमान गरेका छन् । प्रष्ट छ– नेपालको शिक्षालाई लिलाम गर्ने, निजी विद्यालयलाई सुनौला दरबार बनाउने, र सामुदायिक विद्यालयलाई उजाड मरुभूमि बनाउने ठेकेदार को? त्यो कोही नभएर प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् !
निजी विद्यालयहरूको दलाली गर्दै उनले शिक्षा नामको सन्तानलाई बजारमा बेच्न राखेका छन् । समाजवाद उन्मुख शिक्षा भनेको खोल ओढेको ब्वाँसो जस्तै बनाएका छन् । संविधानले शिक्षा नाफामुखी हुनुपर्छ भने पनि ओली भने शिक्षालाई निजी कम्पनीको सेयर बजार बनाउने दुस्साहस गर्दैछन् ।
सार्वजनिक शिक्षा राज्यको दायित्व हो, तर ओली सरकारको प्राथमिकता सामुदायिक विद्यालय सुधार गर्नु होइन, निजी विद्यालयलाई मुनाफामुखी कम्पनी बनाएर लाखौं गरिब विद्यार्थीलाई शिक्षाबाट बञ्चित पार्नु हो । ओलीले पटक–पटक आफ्नो भाषणमा निजी विद्यालयको स्तुति गाएका छन्, तर सामुदायिक विद्यालयलाई चाहिँ ुयोग्य शिक्षक नै नचाहिनेु भन्दै अपमान गरेका छन्।
१) सामुदायिक विद्यालय उज्यालो बल्ब फुटाउने ओलीको अँध्यारो षड्यन्त्र
नेपालका सामुदायिक विद्यालयहरू त गाउँको एउटा एक्लो बत्तीझैं थिए, जसले सहरदेखि दुर्गमसम्म उज्यालो दिन्थे। तर ओलीको नीति त त्यही बल्ब फुटाएर अँध्यारो पार्ने षड्यन्त्र रहेछ !
ओली भन्छन् :
दुर्गममा पढाउन योग्यता नचाहिने, जसले पढायो पनि हुन्छ !
यो त समुद्रमा पानी हालेर खारेज बनाउन खोजिएको खिचडीजस्तै हो१ ओली, तिमी नै भन, शिक्षाको स्तर माथि उठ्छ कि खस्किन्छ?
तथ्यले ओलीको झूट चिच्याइरहेको छ !
२०७९ सालको एसईई परीक्षाको सहभागिता दरः
सामुदायिक विद्यालयः ३,३१,८६७ विद्यार्थी (७१.४०५)
निजी विद्यालयः १,३२,९१८ विद्यार्थी (२८.६९५)
पास दर :
सामुदायिक विद्यालयः ३५.१९५
निजी विद्यालयः७८.३५५
ओलीले भनेको जस्तो निजी विद्यालय नभए सामुदायिक विद्यालय अस्ताउँथे भन्ने कुरा कस्तो मूर्खता हो ? ७१.४०५ विद्यार्थी सामुदायिक विद्यालयकै हुन्, पास दर उनीहरूकै कारण गणना हुन्छ ।
तर ओलीले त सत्यलाई रद्दी टोकरीमा फालेर झूटको फूलबुट्टा भरिएको माला पहिरिन खोजेका छन् !
२) निजी विद्यालयको स्वर्णमहलमा ओलीको दलाली
विद्यालय शिक्षा विधेयकमाथि संसदमा बहस भइरहेका बेला अधिकांश दलहरू निजी विद्यालयलाई गुठीमा लैजाने प्रस्ताव अघि सारिरहेका छन् । निजी विद्यालय भनेको भूकम्पको बेलामा खरानी बनेर उड्ने परालको घरजस्तो हो, तर ओली भने यसलाई स्वर्णमहलको उपमा दिँदै निजी विद्यालयकै सेवा गर्छन् । उनको तर्क छ– “विद्यालय सञ्चालन गरेर कोही धनी भएको छैन।” तर वास्तविकता के हो?
ओलीको दलालीको प्रमाण:
  • विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनी ऐनअनुसार दर्ता गर्ने प्रस्ताव ल्याए।
  • पाँच वर्षभित्र निजी विद्यालयलाई गुठीमा लैजाने सुझाव खारेज गरे।
  • निजी विद्यालयका सञ्चालकहरूलाई कर छुट दिएर अझ धनी बनाए।
  • सामुदायिक विद्यालयलाई मृत अवस्थामा र्पुयाउन शिक्षा बजेट नै घटाए।
  • ओली, तिमी शिक्षक होइनौ, तिमी विद्यार्थीको हितैषी होइनौ, तिमी त निजी विद्यालयका सञ्चालकहरूको भाडाका प्यादा हौ !
३) शिक्षाको शव माथि उभिएको ओलीको साम्राज्य
तिमीले सामुदायिक विद्यालयलाई बिरामी बनाइदियौ, शिक्षकलाई कमजोर ग¥यौ, अनि निजी विद्यालयलाई मलजल गरेर गगनचुम्बी बनायौ।
बजेट तथ्यमा हेरौँः
शिक्षा बजेटमा गिरावट (श्रोत: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
आ.व. २०७५।७६ को शिक्षा क्षेत्रमा कुल बजेट ११.६५५ , आ.व.७६।७७ मा १०.६८ ५ र २०७७।७८ मा ९.९६५ मात्रै विनियोजन भयो :
ओली सरकारले शिक्षा क्षेत्रमा बजेट कटौती गरिरहँदा निजी विद्यालयहरूलाई खुला रूपमा व्यापार गर्ने छुट दियो।
सामुदायिक विद्यालय सुधारमा बजेट बढाउनु पर्ने ठाउँमा सरकारले कम गरिदियो, जसले सार्वजनिक शिक्षाको अवस्था झन् कमजोर बनायो।
निजी विद्यालयहरूलाई मनपरी शुल्क लिने छुट दिइयो। प्याब्सन र एनप्याब्सनका माग अनुसार सरकारले कडाइ नगर्ने नीति लियो।
ओली, तिमी सामुदायिक विद्यालयको बलि चढाएर निजी विद्यालयका पुजारी बनेका छौ !
तिमी निजी विद्यालयका मालिकहरूको आदेशमा नाच्ने कठपुतली हौ !
 तिमी शिक्षालाई सुनचाँदीमा तैलिने बिचौलिया हौ !
४) ओलीको झूट: निजी विद्यालय धनी बनाउने कारखाना होइन रे !
नेपालको संविधान, धारा ३१ (१) अनुसार प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशल्क हुनुपर्नेछ । तर, प्रधानमन्त्री ओली निजी विद्यालयलाई नाफामुखी रूपमा चल्न दिने पक्षमा छन् । २०७५ सालमा गठित उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयलाई गुठीमा परिणत गर्ने सिफारिस गरेको थियो। तर, ओली सरकारले स सुझाव नै खारेज गरे।
ओलीले भनेका थिए:
“निजी विद्यालय सञ्चालन गरेर कोही धनी भएको छैन ।” तर, निजी विद्यालय सञ्चालकहरूले करोडौं लगानी गरिरहेका छन् र वर्षेनी मनपरी शुल्क वृद्धि गरिरहेका छन् ।
विद्यालय शिक्षा विधेयकमा गुठीकरणको प्रस्ताव आउँदा ओली आफैं अचम्म मान्दै भने–
“पाँच वर्षमा कसरी निजी विद्यालय गुठीमा परिणत गर्ने भन्ने प्रस्ताव आयो?”
यसबाट स्पष्ट हुन्छ, ओली निजी विद्यालयहरूलाई सार्वजनिक शिक्षा प्रणालीमा ल्याउनेभन्दा पनि ती संस्थाहरूलाई निजी व्यापारिक कम्पनीकै रूपमा निरन्तरता दिन चाहन्छन् ।
तर तथ्य के भन्छ?
निजी विद्यालय सञ्चालकहरू करोडौं कमाइरहेका छन्, तर राज्यलाई कर तिर्दैनन् ।
निजी विद्यालय सञ्चालकहरूले करोडौं लगानी अन्य क्षेत्रमा गरे।
मनपरी शुल्क निर्धारण गरेर आम नागरिकलाई शोषण गरे।
सरकारलाई कर नतिरी कमाएको रकम विदेशसम्म र्पुयाए।
निजी विद्यालयलाई विभिन्न सुविधा कर छुट दिइयो।
मनपरी शुल्क निर्धारण गरे, तर ओली सरकार चुप बस्यो।
ओली, तिम्रो यो झूट कागजको घरजस्तो भत्किएको छ !
५) ओलीको गद्दारी : शिक्षा निजीकरण गरेर गरिबलाई शिक्षा नपाउने बनाउने 
तिमी निजी विद्यालयका सञ्चालकहरूको सेवक बनेर, सामुदायिक विद्यालयलाई शून्य बनाएर गरिबलाई शिक्षाबाट टाढा राख्न खोज्दैछौ।
प्रधानमन्त्री ओलीले दुर्गममा योग्य शिक्षक चाहिँदैन भन्ने आशयको अभिव्यक्ति दिए।
तर, वास्तविकता के हो?
  • सामुदायिक विद्यालयमा सिनियर शिक्षकहरू शहर तिर जान चाहन्छन् ।
  • ठूलो संख्यामा अस्थायी शिक्षकहरू नियुक्ति गर्दा गुणस्तर खस्किन्छ।
  • सामुदायिक शिक्षकलाई कमजोर बनाउने नीति लियो।
२०७९ सालको एसईई परीक्षाको पास दर हेर्दा सामुदायिक विद्यालय कमजोर देखिए पनि यसको मुख्य कारण शिक्षक दरबन्दीको असमानता हो।सामुदायिक विद्यालयमा १ शिक्षक बराबर ५०ं प्लस विद्यार्थी छन् ।
निजी विद्यालयमा १ शिक्षक बराबर १५–२० विद्यार्थी छन् । सरकारले सामुदायिक विद्यालय सुधार्नुभन्दा निजी विद्यालयकै पक्षपोषण गरिरहेको देखिन्छ।
– ओली, जबाफ देऊ !
किन सामुदायिक विद्यालयको अपमान ग¥यौ?
किन निजी विद्यालयलाई कम्पनी बनाउन खोज्यौ?
किन शिक्षालाई व्यापार बनाउने नीतिमा लाग्यौ?
निष्कर्ष :  ओली, तिमी शिक्षाका सौदागर हौ !
शिक्षा भनेको व्यापार होइन, यो राज्यको दायित्व हो। निजी विद्यालयहरूले शिक्षा सुधार गरेका छैनन्, बरु शिक्षा व्यापारमा परिणत भएको छ।
  • ओली, तिमी निजी विद्यालयका मालिकहरूका सेवक हौ !
  • ओली, तिमी सामुदायिक विद्यालयका हत्यारा हौ !
  • ओली, तिमी शिक्षालाई मोलमोलाइ गर्ने दलाल हौ !
  • विन्ती !  अब शिक्षा बेच्न रोकिदेऊ !
  • अब निजी विद्यालयका मालिकहरूको पाले बन्न छोड !
अब सामुदायिक विद्यालयलाई फेरि उठ्न देऊ ! नत्र इतिहासले तिमीलाई धोकेबाज र गद्दारको नामले चिन्नेछ !
अस्तु ! !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कुमुदिनी होम्समा बृहत् विज्ञान प्रदर्शनी

शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।

हिमाली आवसीय माविले बार्षिकोत्सव मौलिक भेषभुषा प्रदर्शनी तथा साँस्कृतीक कार्यक्रम सहित सम्पन्न।

धम्पु दुराले ठाडो भाका जग्गा किन्ने प्रतिवद्दता गर्यो शिवरात्रीमा

कुसुमाकर माविको ३५ औं वार्षिकोत्सव गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न।

 शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव


TOP