Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मिसन ग्रास रूट : कास्की अन्नपूर्ण गाउँपालिका, वडा नं. ६  लुम्लेमा बैठक – Sarangi News

अन्नपूर्ण (कास्की) । ने क पा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत मंगलबार  कास्किको अन्नपूर्ण गाउँपालिका वडा न .६  लुम्लेमा  वडा कमिटिको बिस्तारित  बैठक सम्पन्न भएको छ ।

बैठकमा पार्टीका प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्किका प्रमुख  लिलाधर पौडेल ,गण्डकी प्रदेश कमिटी  सचिबालय सदस्य दिपक पौडेल,   प्रदेश कमिटी सदस्य गौरी प्रसाद सुवेदी , पार्टी गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्साल , जिल्ला कमिटी  सदस्यद्वय  कृतिनाथ देबकोटा र  दामोदर शर्मा रिमाल , जिल्ला समन्वय समिती कास्किका सदस्य गणेश बहादुर जि .सि ., सो पार्टीका अन्नपूर्ण  गाउँपालिका कमिटी  अध्यक्ष बिबेक देबकोटा ,साबिक लुम्ले गा. बि. स .अध्यक्ष गोलमान गुरुङ ,वडा अध्यक्ष  एकदेब देबकोटा   लगायतले अभियानको बारेमा प्रकाश  पार्नुभएको थियो।

यसअघि  ने क पा( एमाले ) अन्नपूर्ण गाउँपालिका कमिटी कास्कीको पूर्ण बैठकले संगठन सुदृढीकरण राष्ट्रिय  अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने निर्णय गरेको  थियो । बैठकले टोल देखि वडा सम्मका विभिन्न कार्ययोजना तयार गरेको छ।

बैठक   एमाले गाउँपालिका वडा न. ६  कमिटी  अध्यक्ष बाबुराम देबकोटाको  अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत निलकण्ठ जैसिले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP