मगरदाङ्ग महिला फुटसलको उपाधी चिप्लेटी टोललाई, साँङ्गखोला उपविजेता – Sarangi News

म्याग्दी । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मगरदाङ्ग आमा समूहद्वारा आयोजित टोल स्तरीय महिला फुटसल प्रतियोगिता चिप्लेटी टोलले जितेको छ ।
देविस्थान ५ मगरदाङ्गको खेल मैदानमा ‘स्वास्थ्य र समाजका लागि खेलकुद’भन्ने आर्दशसहित संचालित प्रतियोगिताको फाइनल खेलमा चिप्लेटी टोलले पेनाल्टी सुटआइटमा साँङ्गखोला टोललाई हरायो ।

साँङ्गखोला टोलले उपबिजेतामा चित्त बुझायो भने आरती टोल तेस्रो भयो । विजेताले रु ५ हजार र प्रमाणपत्र पाए भने उपविजेताले ३ हजार, तृतीय हुनेले समुहले रु २ हजार र प्रमाणपत्र पाए ।

मनोेरञ्जनका साथसाथै महिलाहरुमा उच्च स्तरको आत्मविश्वास, समुहकार्य र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले आयोजित कार्यक्रममा देशविदेशबाट उल्लेखनीय सहयोग प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै समुहकी अध्यक्ष राजमती बुढाले आभार ब्यक्त गर्नुभयो ।


प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि सरिता सुनारले टीका लगाएर सम्मान गर्नुभयो । बेलून फुटाउने खेलमा प्रथम तथा मुख्य एम्पाएर विपना घर्ती, एम्पाएर दीपा रानालगाएतका सहयोगीमनहरुलाई सम्मान पत्रले सम्मान गरिएको सचिब सुनिता पाइजा पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP