Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मगरदाङ्ग महिला फुटसलको उपाधी चिप्लेटी टोललाई, साँङ्गखोला उपविजेता – Sarangi News

म्याग्दी । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मगरदाङ्ग आमा समूहद्वारा आयोजित टोल स्तरीय महिला फुटसल प्रतियोगिता चिप्लेटी टोलले जितेको छ ।
देविस्थान ५ मगरदाङ्गको खेल मैदानमा ‘स्वास्थ्य र समाजका लागि खेलकुद’भन्ने आर्दशसहित संचालित प्रतियोगिताको फाइनल खेलमा चिप्लेटी टोलले पेनाल्टी सुटआइटमा साँङ्गखोला टोललाई हरायो ।

साँङ्गखोला टोलले उपबिजेतामा चित्त बुझायो भने आरती टोल तेस्रो भयो । विजेताले रु ५ हजार र प्रमाणपत्र पाए भने उपविजेताले ३ हजार, तृतीय हुनेले समुहले रु २ हजार र प्रमाणपत्र पाए ।

मनोेरञ्जनका साथसाथै महिलाहरुमा उच्च स्तरको आत्मविश्वास, समुहकार्य र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले आयोजित कार्यक्रममा देशविदेशबाट उल्लेखनीय सहयोग प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै समुहकी अध्यक्ष राजमती बुढाले आभार ब्यक्त गर्नुभयो ।


प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि सरिता सुनारले टीका लगाएर सम्मान गर्नुभयो । बेलून फुटाउने खेलमा प्रथम तथा मुख्य एम्पाएर विपना घर्ती, एम्पाएर दीपा रानालगाएतका सहयोगीमनहरुलाई सम्मान पत्रले सम्मान गरिएको सचिब सुनिता पाइजा पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP